Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

आर्थिक अनुशासनका लागि बेरुजु फर्छ्योट प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खबरडबली संवाददाता

गुल्मी। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम राख्न बेरुजु फर्छ्योटको विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताएको छन्। 

लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्योटको विषयमा प्रदेश सभा सचिवालयमा आइतबार आयोजना गरेको बैठक तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक मन्त्रालय तथा कार्यालयले बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयनमा लैजान निर्देशन दिको हो। 

बेरुजु फर्छ्योट पहिलो प्राथमिकतामा राख्न जरुरी छ। मन्त्रालय र मातहतका कार्यालयले परिणाम ल्याउनेगरी भूमिका बढाउनुस्। असुल उपर गर्नुपर्ने बेरुजुलाई ध्यान दिएर असुल उपरमा भूमिका बढाउनुस्। 

छलफलमा उठेका कुराहरूलाई सरकारले मनन गर्दछ। योजना निर्माण गर्दा, नीति तर्जुमा गर्दा प्राथमिकतामा परेका विषयलाई बजेट तथा कार्यक्रममा समावेश गर्ने र बजेटमा आएको विषयलाई कार्यान्वयनमा लैजाने पक्षमा सरकार दृढ छ। 

सार्वजनिक लेखा उपसमितिका संयोजक विष्णुप्रसाद पन्थीले महालेखा परीक्षकको सातौँ प्रतिवेदनमा समावेश र औंल्याइएका विषयलाई छलफलमा प्रष्ट पारेको छन्। 

बैठकमा बेरुजु फर्छ्योटको उपलब्धि मासिक रूपमा सीमितिमा प्रतिवेदन बुझाउन जोड दिइएको छ। 

छलफलमा मुख्यमन्त्री आचार्यसहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, सार्वजनिक लेखा समितिका सदस्यहरु, प्रमुख सचिव बावुराम अधिकारी लगायत मन्त्रालयका सचिवको सहभागिता थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेवाग्राही ठगेको अभियोगमा चितवनबाट १६ जना पक्राउ

चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्‍याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...

सदनमा मेरो भूमिका पक्ष, विपक्ष भन्दा निष्पक्ष हुनेछ : सांसद महावीर पुन

काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...

गृहमन्त्री गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...

प्रदेश संरचना खारेज गरे राप्रपाले समर्थन गर्छ - ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...

साताको अन्तिम दिन नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...

विद्युत् खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...

हामी सरकारलाई रचनात्मक सहयोग गर्छौं : नेकपा सांसद पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...

सांसद साम्पाङले संसद्मा विभेदको विषय उठाए, बोल्ने समय सबैलाई बराबर हुनुपर्ने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...

अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न सांसद साम्पाङको माग

काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending