काठमाडौं। उखु अनुदानमा दिँदै आएको रकम कटौती गरेपछि कञ्चनपुरका किसानले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
सरकारले चालू आर्थिक वर्षदेखि अनुदान कटौती गरे पछि उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले अहिले प्रतिक्विन्टल ७० रुपैयाँ पनि कटौती गरेको उनीहरूको आरोप छ । गत आर्थिक वर्ष ०८१/८२ मा एक अर्ब ६० करोड रुपैयाँसमेत भुक्तानी नगरेको र ०८२/८३ को बजेटमार्फत अनुदानै कटौती गरिएको समेत जनाइएको छ । आर्थिक वर्ष ०७१/७२ मा नेपाल सरकार, चिनी उद्योग र किसानबिच उखुको मूल्य निर्धारण गर्दा चिनीमा अन्त:शुल्क हटाई मूल्य अभिवृद्धि कर लगाउने र मूल्य अभिवृद्धि कर दाखिलाको ७० प्रतिशतले हुन आउने रकम उखुको मूल्यमा समावेश गर्ने सहमति भएको थियो। आर्थिक वर्ष ०७५/७६ पछि सरकारले सो हटाएर अनुदानमा परिणत गरेकोमा अहिले अनुदान नै कटौती गरेपछि किसान निरुत्साहित हुनु परेको भन्दै उनीहरूले चिन्ता ब्यक्त गरेका छन् ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीलाई ज्ञापनपत्र बुझाउँदै उखु उत्पादक किसान हकहित तथा संरक्षण समितिका अध्यक्ष हरि चन्द ठकुरीले अनुदान कटौती गरेर किसानलाई विदेशिन बाध्य पार्ने व्यवस्था हटाई विगतको जस्तै अनुदान निरन्तरता दिनु पर्ने बताए । अनुदान निरन्तरताका साथै गत वर्षको भुक्तानी, चालू वर्षको मूल्य निर्धारण गर्नसमेत माग अघि सारेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - १७:०१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...
मंसिर २३ गते, २०८२ - १६:५४
कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...
मंसिर २३ गते, २०८२ - १६:३६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...
मंसिर २३ गते, २०८२ - १६:२३
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...
मंसिर २३ गते, २०८२ - १६:११
विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...
मंसिर २३ गते, २०८२ - १५:५२
काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...
मंसिर २३ गते, २०८२ - १५:३४
चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...
मंसिर २३ गते, २०८२ - १५:२०
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...




प्रतिकृया लेख्नुहोस्: