Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

बागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत

खबरडबली संवाददाता

रौतहट। लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ।

बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस क्षेत्रका सयौं किसानहरू धान खेतीलगायत बाली सिँचाइ गर्नबाट वञ्चित हुँदै आएका थिए।

सिँचाइ समस्याका कारण कृषिमा आश्रित अधिकांश किसानहरू उत्पादनमा ह्रास आएको र धेरै जमिन बाँझै राख्नु परेको गुनासो गरिरहेका थिए। यसले गर्दा खाद्यान्न आपूर्तिमा समेत समस्या देखिन थालेको थियो। यस्तो अवस्थामा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय पहलमा अब यो समस्या समाधानको दिशामा महत्वपूर्ण प्रगति भएको छ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, वडा नम्बर ६ का वडा सदस्य पदका प्रत्याशी पवन ठाकुर र जय माता दी उपभोक्ता समिति अध्यक्ष तेजनारायण साहको संयुक्त पहलमा बागमती सिचाइ आयोजना कार्यालयमा पुगेर समस्या समाधानका लागि आवश्यक छलफल गरिएको थियो। सोही क्रममा तत्कालीन रूपमा डोजर मगाई नहर सफाइ तथा मर्मत कार्य सुरु गराइएको हो।

नगर प्रमुख साह स्वयं स्थलमा पुगेर सिँचाइ नहरको स्थलगत निरीक्षण गरे। निरीक्षणपछि उनले सम्बन्धित प्राविधिकहरूलाई सिँचाइ सुधार कार्य तीव्र पार्न निर्देशन समेत दिएका छन्। उनले भने, “कृषकहरूलाई समयमै पानी पुर्‍याउनु हामी सबैको जिम्मेवारी हो। यो समस्या धेरै लामो समयदेखि थियो, अब हामी यसलाई दीर्घकालीन समाधानतर्फ लैजानेछौं।”

स्थानीय बासिन्दाहरूले समेत जनप्रतिनिधिको यस सक्रियताप्रति धन्यवाद ज्ञापन गरेका छन्। वडा ६ का किसान रामेश्वर यादव भन्छन्, “हामीलाई विगत केही वर्षदेखि पानीको समस्या थियो। अब सफा नहरमार्फत पानी सहजै आउन थालेको छ। धान रोप्न सकियो, अब बाली राम्रो हुन्छ भन्ने आशा छ।”

उपभोक्ता समिति अध्यक्ष तेजनारायण साहले भने, “हामीले नहर सरसफाइको लागि स्थानीय सहयोगसमेत लिएका छौं। सबैको सहभागितामा काम भइरहेको छ। यो केवल सुरु हो, हामीले अझै राम्रो बनाउने योजना बनाएका छौं।”

नहर मर्मत कार्य सम्पन्न भएसँगै देवाही गोनाही नगरपालिका–५ र ६ का करिब १ हजार ५०० भन्दा बढी घरधुरीलाई सिँचाइको सुविधा सहज हुनेछ। यसले क्षेत्रको समग्र कृषि उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय सरकार, उपभोक्ता समिति र जनप्रतिनिधिहरूको समन्वयबाट भएको यो कार्यले अन्य क्षेत्रका स्थानीय तहहरूलाई पनि जनसहभागितामूलक विकास कार्यमा उत्प्रेरणा दिने विश्वास लिइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारम्बार ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा पटक(पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि सिफारिस गरिएको छ। का...

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु...

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट...

हिल्सा नाकाबाट चिनियाँ मदिरा भित्रिन रोक्ने सहमति

हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुर...

विधि मिच्ने स्वार्थ प्रेरित कार्यले निरंकुशताको संकेत दिन्छ : सपना प्रधान मल्ल

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...

नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...

कांग्रेसका क्रियाशील सदस्यले अन्य चुनाव चिन्हमा मतदान गर्नु अनुशासनविपरीत : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending