चितवन। चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा बाढी र पहिरोको जोखिममा २५ हजारभन्दा धेरै घरपरिवार रहेको बताए । जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ ।
उहाँका अनुसार बाढीका कारण सबैभन्दा बढी पूर्वी चितवनमा रहेको राप्ती नगरपालिका परेको छ । यस पालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार भरतपुर महानगरपालिकामा छ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका तीन हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका दुई हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक विवरण रहेको छ ।
कालिका नगरपालिकाका एक हजार पाँच परिवारका पाँच हजार २५ जना, खैरहनी नगरपालिकामा तीन सय २० परिवारका एक हजार ६००, इच्छाकामना गाउँपालिकामा एक हजार २५६ परिवारका छ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए।
बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको पौडेलले बताए। बाढीको जोखिममा रहेका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको उनले बताए। आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री, उद्धार सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।
जिल्लामा नारायणी नदी, त्रिशुली नदी, राप्ती, लोथर, रिउखोला, कयर खोलाले जोखिम निम्त्याउने गरेको छ । नारायणी नदीमा निर्माण भएको तटवन्धनले केही सुरक्षा प्रदान गरेपछि तटवन्धन नभएको स्थानमा जोखिम भने कायम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। पूर्वी चितवनका साना तथा ठाडो खोलाले जोखम निम्त्याउन सकिने भएकाले सतर्कता अपनाएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १२:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...
आषाढ़ १४ गते, २०८३ - ११:४६
काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...
आषाढ़ १४ गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो । नेपाल सुन...
आषाढ़ १४ गते, २०८३ - ११:१५
काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...
आषाढ़ १४ गते, २०८३ - ११:०२
बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...



प्रतिकृया लेख्नुहोस्: