Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता

खबरडबली संवाददाता

रुकुमपूर्व । गत आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता भएको छ । सङ्घीय र प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेट गरी ५८ करोड ८७ लाख ६ हजार आठ सय ३० रुपियाँ खर्च हुन नसकी जिल्लाबाट बजेट फिर्ता भएको हो । २०८०/०८१ मा ३८ करोड बजेट फिर्ता भएको थियो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीयभन्दा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकी फिर्ता भएको छ । प्रदेशबाट चालु र पुँजीगत गरी ९२ करोड १४ लाख ७८ हजार रुपियाँ बजेट प्राप्त भएकामा ५५ करोड आठ लाख २३ हजार तीन सय ९७ रुपियाँ पैसा खर्च हुँदा ३७ करोड ६ लाख ५४ हजार ६ सय तीन रुपियाँ खर्च हुन नसकेको लेखा नियन्त्रक हिरामणि गौतमले जानकारी दिए। प्रदेशबाट प्राप्त कुल बजेटको ५९.८ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ८०.६२ प्रतिशत बजेट खर्च भएको थियो ।

चालु र पुँजीगत गरी सङ्घीय सरकारबाट जिल्लामा दुई अर्ब १५ करोड १२ लाख ४२ हजार पाँच सय ६० रुपियाँ बजेट आएकोमा ८९.९ प्रतिशत अर्थात् एक अर्ब ९३ करोड ३१ लाख ९० हजार तीन सय ३३ रुपियाँ खर्च भएको छ । भने २१ करोड ८० लाख ५२ हजार दुई सय सय २७ रुपियाँ खर्च नभएको लेखा नियन्त्रक गौतमले बताए। 

साथै गत आर्थिक वर्षमा जिल्लास्थित सङ्घीयअन्तर्गत कार्यालयबाट दुई करोड पाँच लाख ६२ हजार आठ ७३ रुपियाँ राजस्व सङ्कलन हुँदा जिल्ला स्थित प्रदेश अन्तर्गत कार्यालयबाट ७९ लाख ९४ हजार आठ सय ७६ रुपियाँ राजस्व सङ्कलन भएको गौतमले जानकारी  दिए। प्रदेश र सङ्घ अन्तर्गत जिल्ला स्थित कार्यालयबाट गरी दुई करोड ८५ लाख ५७ हजार सात सय ५० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

वित्तिय प्रगति कम देखिए पनि भौतिक प्रगति भने धेरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख थमप्रसाद पाण्डेयले बताए। वित्तिय प्रगति कम देखिनुका कारण ठेकेदारले समयमै भुक्तानी लिन नआउनु र प्रदेश सरकारले अचानक भुक्तानी रोकिदिएकाले वित्तीय प्रगति कम देखिएको प्रमुख पाण्डेयले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending