पाल्पा। जिल्लाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमध्ये ८७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख चार हजार बजेट विनियोजन गरेको थियो ।
विनियोजित बजेटमध्ये ६४ करोड ७१ लाख चार हजार पाँच सय ७४ रुपियाँ खर्च गरेको हो । पुँजीगत तर्फ १९ करोड १९ लाख १० हजार रुपियाँ बजेट विनियोजन भएकोमा १५ करोड १६ लाख ३४ हजार पाँच सय ७४ रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बनाए।
पुँजीगततर्फ यो खर्च रकम ७९ दशमलव ०१ प्रतिशत हो । चालु तर्फ रामपुर नगरपालिकाले ५४ करोड ९१ लाख ९४ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो । जसमा ४९ करोड ५४ लाख ७० हजार ६६।४८ रुपियाँ खर्च भएको छ । चालुतर्फ ९० दशमलव २२ प्रतिशत खर्च भएको हो ।
नगरपालिकाले गत आर्थिक वर्ष २०८०र०८१ मा नगरपालिकाले ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो । चालु आर्थिक वर्षमा ६।३१ प्रतिशतले बढी वित्तीय प्रगति भएको लेखा शाखा प्रमुख सीता न्यौपानेले जानकारी दिए।
चालु आर्थिक वर्षमा तीन सय ८९ वटा विभिन्न योजनाको काम सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । नगरपालिकाको चार सय तीन वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न नभएको जसमध्ये नौ वटा सम्झौता नभएको र पाँच वटा सम्झौता भएर पनि काम नभएको उनले बताए।
ठेक्का प्रक्रिया र उपभोक्ता मार्फत हुने योजना समयमै सुरु भई सम्पन्न भएका कारण यस वर्ष वित्तीय प्रगति गत वर्षभन्दा बढी भएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र सञ्चालन हुने योजनाहरुको अनुगमन र ताकेताका कारण पनि धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाले बताए । नगरवासीको सेवा सहजताका लागि घुम्ती शिविर मार्फत योजना सम्झौता, खाता खोल्ने र भुक्तानीको व्यवस्था गरेको र वडरवडा मै प्राविधिक कर्मचारीको व्यवस्था गरेका कारण धेरै योजना तथा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...




प्रतिकृया लेख्नुहोस्: