Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलको चौतर्फी विरोध, भ्रष्टाचार गरेको आरोप

खबरडबली संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् ।

आर्थिक अनियमितता र भ्रष्टाचारका घटनामा उनको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयमा उनले बयान दिनुपरेको उपमहानगरपालिकाकै अधिकारीहरुको भनाइ छ । प्रमुख पौडेलले स्थानीय सञ्चारकर्मी तथा पत्रकारमाथि विभिन्न किसिमका आरोप प्रत्यारोप लगाउँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम गर्न खोजेपछि नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै उनको कार्यशैली र रबैयाको विरोध जनाएको छ । 

प्रमुख पौडेलले इटहरीको पत्रकारिताबारे सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिप्रति महासङ्घले कडा आपत्ति जनाउँदै समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्न खोजेको भन्दै खेद व्यक्त गरेको छ । विज्ञप्तिमार्फत महासङ्घले प्रेस स्वतन्त्रताविरुद्ध पौडेलले दिएको अभिव्यक्तिको भत्र्सना समेत गरेको छ ।

त्यसैगरी पौडेलले प्रतिनिधित्व गर्ने दल नेपाली कांग्रेसभित्रैका स्थानीय अग्रज नेता र कार्यकर्ताले अनौपचारिक बैठक गर्दै उहाँको अपारदर्शी, गैरजवाफदेही र अनियमित कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसका नेताले इटहरी उपमहानगरलाई आर्थिक दृष्टिले टाटपल्टाउने गरी पौडेलले गरेका निर्णयको छानबिनको माग गरेका छन् । अख्तियारमा पौडेलविरुद्ध परेको उजुरीको अख्तियारले बयान लिएको छ ।

इटहरी उपमहानगरपालिकाको तर्फबाट सार्वजनिक यातायातका लागि खरिद गरिएको बस प्रकरणमा करिब डेढ करोड रुपियाँ बराबरको भ्रष्टाचार भएको आरोप उनीमाथि लाग्दैआएको छ । यसबाहेक अनियमित रूपमा अनावश्यक कर्मचारी पदपूर्ति गरेको, कार्यालयका अन्य बेथिति र अनियमितता गरेको भन्दै  प्रमुख पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

यस सम्बन्धमा कुरा गर्न खोज्दा उनी बोल्न चाहेनन् । पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले उनीसँग आफ्नो नियमित भेट नभएको तर सामाजिक सञ्जाल लगायतमा उनको विरुद्धमा विरोध र आलोचना भएकोबारे जानकार रहेको बताए ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले नगरप्रमुख पौडेलको गतिविधि र कार्यशैलीमाथि नेपाली कांग्रेस, अन्य दल, नागरिक समाज र स्थानीयस्तरमा कडा विरोध आएको बताए । आन्तरिक रूपमा उपमहानगरपालिकाको कार्यपालिका समिति र कर्मचारी संयन्त्रभित्र पनि उनको कार्यशैलीको विरोध भइरहेको पोखरेलको भनाइ छ । उनले यस विषयमा नगरप्रमुख पौडेलसँग भेटेर आफ्नो पक्षबाट समन्वय र सहजीकरण गर्ने विश्वास दिलाए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक बन्दसूचीमाथि निर्वाचन आयोगको थाल्यो छानबिन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...

भूमि आयोग कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...

मुलुक निर्वाचनतर्फ गयो, अब के होला भन्ने अन्यौलता छैन: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...

कमल थापाले छाडेपछि संगठनभित्र एक प्रकारको रिक्तता सिर्जना भएको थियो: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...

प्रधानमन्त्रीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु

काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...

पेरुमा रेल दुर्घटनामा एक जनाको मृत्यु, ४० बढी घाइते

लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना  घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...

समानुपातिक बन्दसूचीमा मेरो नातेदार छैनन्, केहि त्रुटिहरु भए सच्याउछौ: कुलमान घिसिङ

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...

राप्रपा र राप्रपा नेपालबीच एकतापछि कमल थापा: रोईरोई पार्टी छाडेको थिएँ, अहिले घर फर्केको अनुभूति भयो

ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...

बालेन शाह परिवर्तनको झिल्को: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...

ओलीलाई जवाफ मैले दिनुपर्दैन, भोट हाल्ने जनताले दिनुहुनेछ: रवी लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending