इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको कार्यशैलीको चौतर्फी विरोध भएको छ । कार्यशैलीमा आर्थिक पारदर्शिता नभएको भन्दै नागरिकसमाज, पत्रकार तथा सरोकारवालाले गुनासो गरेका छन् ।
आर्थिक अनियमितता र भ्रष्टाचारका घटनामा उनको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय र इटहरी कार्यालयमा उनले बयान दिनुपरेको उपमहानगरपालिकाकै अधिकारीहरुको भनाइ छ । प्रमुख पौडेलले स्थानीय सञ्चारकर्मी तथा पत्रकारमाथि विभिन्न किसिमका आरोप प्रत्यारोप लगाउँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम गर्न खोजेपछि नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रेस विज्ञप्ति जारी गर्दै उनको कार्यशैली र रबैयाको विरोध जनाएको छ ।
प्रमुख पौडेलले इटहरीको पत्रकारिताबारे सामाजिक सञ्जालमा राखेको अभिव्यक्तिप्रति महासङ्घले कडा आपत्ति जनाउँदै समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्न खोजेको भन्दै खेद व्यक्त गरेको छ । विज्ञप्तिमार्फत महासङ्घले प्रेस स्वतन्त्रताविरुद्ध पौडेलले दिएको अभिव्यक्तिको भत्र्सना समेत गरेको छ ।
त्यसैगरी पौडेलले प्रतिनिधित्व गर्ने दल नेपाली कांग्रेसभित्रैका स्थानीय अग्रज नेता र कार्यकर्ताले अनौपचारिक बैठक गर्दै उहाँको अपारदर्शी, गैरजवाफदेही र अनियमित कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेसका नेताले इटहरी उपमहानगरलाई आर्थिक दृष्टिले टाटपल्टाउने गरी पौडेलले गरेका निर्णयको छानबिनको माग गरेका छन् । अख्तियारमा पौडेलविरुद्ध परेको उजुरीको अख्तियारले बयान लिएको छ ।
इटहरी उपमहानगरपालिकाको तर्फबाट सार्वजनिक यातायातका लागि खरिद गरिएको बस प्रकरणमा करिब डेढ करोड रुपियाँ बराबरको भ्रष्टाचार भएको आरोप उनीमाथि लाग्दैआएको छ । यसबाहेक अनियमित रूपमा अनावश्यक कर्मचारी पदपूर्ति गरेको, कार्यालयका अन्य बेथिति र अनियमितता गरेको भन्दै प्रमुख पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
यस सम्बन्धमा कुरा गर्न खोज्दा उनी बोल्न चाहेनन् । पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले उनीसँग आफ्नो नियमित भेट नभएको तर सामाजिक सञ्जाल लगायतमा उनको विरुद्धमा विरोध र आलोचना भएकोबारे जानकार रहेको बताए ।
इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले नगरप्रमुख पौडेलको गतिविधि र कार्यशैलीमाथि नेपाली कांग्रेस, अन्य दल, नागरिक समाज र स्थानीयस्तरमा कडा विरोध आएको बताए । आन्तरिक रूपमा उपमहानगरपालिकाको कार्यपालिका समिति र कर्मचारी संयन्त्रभित्र पनि उनको कार्यशैलीको विरोध भइरहेको पोखरेलको भनाइ छ । उनले यस विषयमा नगरप्रमुख पौडेलसँग भेटेर आफ्नो पक्षबाट समन्वय र सहजीकरण गर्ने विश्वास दिलाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...
आषाढ़ १३ गते, २०८३ - ११:३१
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...
आषाढ़ १३ गते, २०८३ - ११:२०
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...
आषाढ़ १३ गते, २०८३ - ०९:५६
नेपालगन्ज। सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा प्रतिबन्ध लगाए पनि अवैध रूपमा तस्करी जारी रहेकाले बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको स...
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...



प्रतिकृया लेख्नुहोस्: