काठमाडौं ।नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवालाई समयमै हुने महाधिवेशनको मिति कुन हो भनी प्रश्न सोधेका छन् ।
चार दिनदेखि चलिरहेको विहिबारको कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्जुननरसिंह केसीले सभापति देउवासमक्ष यो प्रश्न प्रस्तुत गरेका छन्।
केही दिनअघि चितवन पुगेका बेला सभापति शेरबहादुर देउवाले महाधिवेशनको मितिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ‘समयमै हुने’ भन्दै प्रतिक्रिया दिएका थिए।
‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रूपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ,’ पार्टी बैठकमा १७ बुँदे धारणा राख्दै केसीले भने, ‘त्यो भनिएको समय कहिले हो ? त्यो समय २०८२ मंसिरभित्र हो कि २०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो ?’
यदि त्यसो भए ‘स्थानीय निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसको परिणाम के होला ? के यो सम्भव छ ?’ भन्दै उनले अर्को प्रश्न गरे। ‘कहिलेकहीँ निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ। त्यो त संविधान र कानुनी रूपबाट सम्भवै छैन,’ उनले भने। यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आइपर्ने हेक्का राख्नुपर्ने जरुरी रहेको उनले बताए।
‘तसर्थ २०८२ मङ्सिरभित्रै महाधिवेशन सम्पन्न होस्। त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ’, केसीले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...
पौष १७ गते, २०८२ - १४:११
काठमाडौं । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार एमालेले पेश गरेको...
पौष १७ गते, २०८२ - १३:३८
काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्...
पौष १७ गते, २०८२ - १३:०६
बाँके। लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा ...
पौष १७ गते, २०८२ - १२:४८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खोला किनार मापदण्ड कार्यान्वयनको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालत...
पौष १७ गते, २०८२ - १२:३०
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न ख...
पौष १७ गते, २०८२ - १२:२१
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २...
पौष १७ गते, २०८२ - १२:१५
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट ९ जना परेका छन्। झापा ठेगाना भएक...




प्रतिकृया लेख्नुहोस्: