Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

'कुलिङ पिरियड' निष्क्रियको व्यवस्था सच्याउन राष्ट्रिय सभालाई राज्य व्यवस्था समितिको आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको 'कुलिङ अफ पिरियड' कार्यान्वयनमा नआउने व्यवस्था हटाउन राष्ट्रिय सभालाई अनुरोध गरेको छ ।

बुधबार समितिको कार्यकक्षमा बसेको बैठकले निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार, विधेयकको उपदफा ४ ले गरेको व्यवस्था र भावनालाई कुठराघात हुनेगरी उपदफा थपिएर संसद्बाट पारित भएको कारण समितिको प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधनको व्यवस्था मिलाउने व्यवस्थाका लागि राष्ट्रिय सभालाई आग्रह गरिएको हो ।

'कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाईदिनुहुन राष्ट्रिय सभालाई हार्दिक अनुरोध गर्ने निर्णय गरियो ।'

समितिले गरेको निर्णय निष्प्रभावी हुने व्यवस्था राख्न भूमिका कसले खेलेको हो भन्ने विषयमा छानबिन गर्न सभामुखसँग अनुरोध गरिएको छ । 'समितिबाट विधेयकको प्रतिवेदन तयार गर्दा निष्क्रिय गर्ने गराउने गरी समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएकोमा उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुरासयपूर्ण देखिएको हुँदा उक्त कार्यमा को(को व्यक्तिको के कति गल्ती वा अपराध भएको हो त्यसको उच्च स्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन संघीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो,' समितिको निर्णयमा भनिएको छ ।

 

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

एमालेको समानुपातिक बन्दसूचीमा २१ जिल्लाको प्रतिनिधित्व शुन्य, झापाबाट ९ जना

काठमाडौं । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार एमालेले पेश गरेको...

लालपुर्जावाला नदीकिनारका जनतालाई सुकुम्बासि नबनाउ: दीपशिखा

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending