Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

तनहुँमा सफल हुँदै अङ्गुर खेती

खबरडबली संवाददाता

तनहुँ। तनहुँमा अङ्गुर खेती सफल भएको छ । तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा परीक्षणका लागि लगाइएको चिया खेती राम्रो उत्पादन दिन थालेको छ । खेती सफल भएसँगै जोखिम मोलेका किसान उत्साहित बनेका छन् ।

घिरिङमा करिब नौ हजार पाँच सय बरुवा रोपिएका छन् । काठमाडौँका कुमार कार्कीले सञ्चालन गरेका यस फर्ममा करिब ३२ प्रजातिका विभिन्न अङ्गुरहरु सुरुको वर्ष परीक्षणका लागि लगाइएको थियो । दुई वर्षदेखि व्यवसायिक रूपमा घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा खेती गरिएको थियो । पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष बोट ठुलो भएको र दाना पनि राम्रो लागेकाले दोब्बर उत्पादन हुने देखिएको सेन्टरका सञ्चालक कार्कीले बताए। स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा सात सयदेखि एक हजारसम्म खरिद गरी बिरुवा हुर्काएको कार्कीले जानकारी दिए। नेपालमा अङ्गुर खेती असफल हुन्छ भन्ने धारणा र वातावरण प्रतिकूल भएको निष्कर्ष निकाल्दै अङ्गुर खेतीतर्फ सरकारले ध्यान नदिएको कार्की बताउछन् ।

कार्कीले भने, ‘‘आफू पर्यटन क्षेत्रमा काम गरेको भएता पनि कृषि क्षेत्रमा नयाँ अनुसन्धानात्मक हिसाबले अङ्गुर खेतीमा आकर्षित भएको हुँ ।’’ खेतीका लागि एक करोड ५० लाख लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यवसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपियाँको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’ उत्पादन गर्दै आएको हो । कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’’ कार्कीका अनुसार तनहुँ र धादिङमा गरी हालसम्म उक्त फर्ममा करिब ४० करोड लगानी भइ सकेको छ । पातले बन् भाइन्यार्ड वाइनरी नामक वाइन बजारमा ल्याइएको समेत कार्कीले बताए। कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन क्षमता रहेको छ ।

हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रीस, तथा खाने अङ्गुरमा फन्नि, सोफिया, आरकडीया, पोलिस्की, दुचबा, चालिचमान, लगायतका ३८ प्रकारको  बिरुवा हुर्काएर उत्पादन भइरहेको छ । अङ्गुर खेती सफल भएकोमा अत्यन्त खुसी लागेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । थापाले भने, ‘‘परीक्षण सफल भई राम्रो दाना लागेकोले यस खेतीको विस्तार गर्ने योजना बनाउने तयारीमा छौं ।’’  यहाँको हावापानी उपयुक्त रहेकाले व्यवसायिक अङ्गुर खेतीबाट किसानको आयस्तर परिवर्तन गर्न सकिने देखिएको थापाको भनाई छ । 

कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत किरण परियारले जिल्लामा पहिलो पटक अङ्गुर खेती गरिएको हालसम्म सफल भएकोले यसमा गरिने लगानी राम्रो हुने देखिएको बताए। बिरुवा रोपेको एक वर्षमा फल दिन सुरु गर्ने जसमा पहिलो वर्षमा प्रति बोट ३–४ केजी उत्पादन चैत वैशाख मा फूलफुलेसँगै तीन महिनामा फल टिप्न तयार हुने फार्मका प्राविधिक सान्नानी तामाङले जानकारी दिए। फागुनदेखि फूल खेल्ने र असारमा फल टिपिने उनले जानकारी दिए। अङ्गुर फार्म अवलोकन गर्न पुग्नु भएका जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यो खेतीबाट यहाँका किसानले लाभ लिने सम्भावना देखिएको कृषिको अनुसन्धान गर्ने, तथा किसानलाई ज्ञान लिने थलोको रुपमा विकास गरी पर्यटनबाट समेत गरी दोहोरो आम्दानी लिन सकिने देखिएको बताए।

छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङमा समेत यसको खेती गर्न सकिने सम्भावना देखिएको त्यसतर्फ आफूले ध्यान दिएको बताउनुभयो । सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...

सरकारले आइतबारसम्म सम्झौता नगरे आन्दोलनमा उत्रने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...

पुस २७ देखि विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको निर्णय, भृकृटीमण्डप हल पनि बुक

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...

युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते

मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...

सुनसरी गोली काण्ड : सुरक्षा निकाय र पीडित पक्षबीच पाँच बुँदे सहमति

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन

ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।  गत भदौ २४ गते नख्खु क...

हामी ओलीलाई चिठि काट्दैछौं, नआए त्यहि बेला थाहा हुन्छ: अध्यक्ष कार्की

काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending