काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको महाकाली सन्धिमा देश नबेचिएको दाबी गरेका छन्। ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सन्धि सही भए पनि त्यसको बहानामा नेकपा एमालेमाथि प्रहारका साथै पार्टी फुटाउने सम्मको काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अब यसलाई कार्यान्वयन गर्ने दिशामा आफू अघि बढ्ने स्पष्ट पारेका हुन् ।
‘२०५४ सालमा पार्टी विभाजन गरियो, नहुनुपर्थ्यो। कुनै इस्यु थिएन, नक्कली इस्यु थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकालीको इस्यु भनेको जसलाई त्यतिखेर राष्ट्रवादको झन्डा देखाएर महाकाली–महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो, नक्कली, आडम्बरी पाखण्डी कुरा थियो त्यो। त्यसमा कुनै दम र सहीपन थिएन।’महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ । सम्झौता अनुसार बिजुलीको पैसा लिइराखेका छौँ । पानी लिँदैछौँ, लिन्छौँ । सम्झौता अनुसार चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ ।
उनले नेकपा एमालेले राष्ट्रको सार्वभौम सत्ता, सम्प्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता र स्वभिनालाई अलिकति तलमाथि हुन नदिने स्पष्ट पारे । उनले बहुदलीय जनवादले यसलाई नसहने बताए ।
'त्यो सम्झौता ठिक थियो । तर, त्यसबेला देश बेचे, नदी खोला बेचे भनेर भनियो,’ उनले गुनासो गरे । अर्को पटक पनि पार्टी फुटाए पनि त्यही मजबुतीका साथ एमाले पुन: फर्किएको उनको भनाई थियो । उनले भने, ‘दिउँसै टर्च बालेर खोज्दा नभेटिने गरी धुलो पार्छु भनियो । नेकपा धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्छु भन्नु बेग्लै कुरा हो । तर, नेकपा एमाले साधारण फलामको टुक्रा होइन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १९:३७
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...
चैत्र २६ गते, २०८२ - १९:३३
काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनु...
चैत्र २६ गते, २०८२ - १९:२०
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...
चैत्र २६ गते, २०८२ - १९:१५
भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...
चैत्र २६ गते, २०८२ - १९:०७
हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...
चैत्र २६ गते, २०८२ - १९:०३
काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...
चैत्र २६ गते, २०८२ - १४:३१
काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...


प्रतिकृया लेख्नुहोस्: