काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको महाकाली सन्धिमा देश नबेचिएको दाबी गरेका छन्। ओलीले छिमेकी राष्ट्र भारतसँग गरिएको महाकाली सन्धि सही भए पनि त्यसको बहानामा नेकपा एमालेमाथि प्रहारका साथै पार्टी फुटाउने सम्मको काम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अब यसलाई कार्यान्वयन गर्ने दिशामा आफू अघि बढ्ने स्पष्ट पारेका हुन् ।
‘२०५४ सालमा पार्टी विभाजन गरियो, नहुनुपर्थ्यो। कुनै इस्यु थिएन, नक्कली इस्यु थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘महाकालीको इस्यु भनेको जसलाई त्यतिखेर राष्ट्रवादको झन्डा देखाएर महाकाली–महाकाली भन्दै कुद्ने एउटा स्थिति भयो, नक्कली, आडम्बरी पाखण्डी कुरा थियो त्यो। त्यसमा कुनै दम र सहीपन थिएन।’महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ । सम्झौता अनुसार बिजुलीको पैसा लिइराखेका छौँ । पानी लिँदैछौँ, लिन्छौँ । सम्झौता अनुसार चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ ।
उनले नेकपा एमालेले राष्ट्रको सार्वभौम सत्ता, सम्प्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता र स्वभिनालाई अलिकति तलमाथि हुन नदिने स्पष्ट पारे । उनले बहुदलीय जनवादले यसलाई नसहने बताए ।
'त्यो सम्झौता ठिक थियो । तर, त्यसबेला देश बेचे, नदी खोला बेचे भनेर भनियो,’ उनले गुनासो गरे । अर्को पटक पनि पार्टी फुटाए पनि त्यही मजबुतीका साथ एमाले पुन: फर्किएको उनको भनाई थियो । उनले भने, ‘दिउँसै टर्च बालेर खोज्दा नभेटिने गरी धुलो पार्छु भनियो । नेकपा धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्छु भन्नु बेग्लै कुरा हो । तर, नेकपा एमाले साधारण फलामको टुक्रा होइन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: