काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ज्येष्ठ नागरिकलाई राज्यबाट बृद्धभत्ता प्रदान गर्ने कामको थालनी नै नेपालमा सामाजिक सुरक्षाको जग भएको बताएको छन् । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको सन्दर्भमा शुक्रबार यहाँ आयोजित ‘जबजको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तर सम्वाद कार्यक्रममा महासचिव पोखरेलले उक्त धारणा राखेको हो ।
देशको नागरिकको सामाजिक सुरक्षा बलियो बनाउन राज्य बलियो हुनुपर्ने बताउँदै राज्यलाई बलियो बनाउन औपचारिक अर्थतन्त्रको विकास र नागरिकलाई करसँग जोड्नु त्यत्तिकै जरूरी रहेकोमा जोड दिए। महासचिव पोखरेलले त्यसका लागि सम्पूर्ण आर्थिक कारोबार डिजिटलाइज्ड गरिनुपर्ने बताए।
‘सामाजिक सुरक्षा कार्यक्रम प्रत्यक्ष करसँग जोडिने विषय भएकाले यसलाई प्रभावकारी बनाउन करतिर्ने सामथ्र्यको विकास गरिनुपर्छ’ महासचिव पोखरेलले भने– ‘हामीले आफ्नो आम्दानीमा कर तिर्न आवश्यक छ ।’
नेपालमा सामाजिक सुरक्षा कार्यक्रम लोक कल्याणकारी राज्यको अवधारणा अन्तर्गत २०५१ सालमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको नेकपा ९एमाले० को सरकारले ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिन थालेबाट सुरु भएको स्मरण गर्दै महासचिव पोखरेलले यो नै नेपालमा सामाजिक सुरक्षाको जग भएको र अहिले सामाजिक सुरक्षाको दायरा फराकिलो भएको बताए ।
सामाजिक सुरक्षा व्यक्तिको सुरक्षासँग जोडिएको विषय भएको र यो हुनेखानेका लागि नभई जीवन चलाउन कठिन निम्न आर्थिक स्थितिका व्यक्तिहरूका लागि भविष्य सुरक्षित बनाउनका लागि आवश्यक भएको उनले स्पष्ट गरे । लोककल्याणकारी राज्यमा व्यक्ति स्वयम् काम गर्नसक्ने अवस्थासम्म राज्यका लागि हुनुपर्ने बताए।
कतिपय पुँजीवादी र विकसित देशहरूमा सामाजिक सुरक्षा व्यवस्था राम्रो रहेको टिप्पणीहरू सुनिने गरेको सन्दर्भमा महासचिव पोखरेलले आर्थिक सामथ्र्याका आधारमा सामाजिक सुरक्षा प्रदान गर्ने कुरामा ती देशभन्दा नेपाल धेरै माथि रहेको स्पष्ट गरे।
महासचिव पोखरेलले पुँजीवाद सङ्कटमा परेपछि प्रजातान्त्रिक समाजवादको अवधारणाले जन्म लिएको र पुँजीवादी देशले पुँजीवादको रक्षाका लागि समाजवादका विशेषता ग्रहण गर्ने क्रममा सामाजिक सुरक्षाको अवधारणाले स्थान पाएको स्पष्ट गरे।
नेपालमा सामाजिक सुरक्षाको आयाम धेरै फराकिलो रहे पनि राज्यको सामथ्र्य नरहन पनि सक्ने अवस्थालाई मध्यनजर गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले त्यस अर्थमा कोषलाई सुरक्षित र प्रभावकारी बनाउने कुरामा ध्यान दिनुपर्ने बताउँदै योगदानकर्तालाई अधिकतम प्रतिफल दिन सक्नेगरी कोषलाई प्रतिफलमूलक बनाउनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: