काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ज्येष्ठ नागरिकलाई राज्यबाट बृद्धभत्ता प्रदान गर्ने कामको थालनी नै नेपालमा सामाजिक सुरक्षाको जग भएको बताएको छन् । नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीद्वारा जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको सन्दर्भमा शुक्रबार यहाँ आयोजित ‘जबजको आलोकमा सामाजिक सुरक्षा’ विषयक अन्तर सम्वाद कार्यक्रममा महासचिव पोखरेलले उक्त धारणा राखेको हो ।
देशको नागरिकको सामाजिक सुरक्षा बलियो बनाउन राज्य बलियो हुनुपर्ने बताउँदै राज्यलाई बलियो बनाउन औपचारिक अर्थतन्त्रको विकास र नागरिकलाई करसँग जोड्नु त्यत्तिकै जरूरी रहेकोमा जोड दिए। महासचिव पोखरेलले त्यसका लागि सम्पूर्ण आर्थिक कारोबार डिजिटलाइज्ड गरिनुपर्ने बताए।
‘सामाजिक सुरक्षा कार्यक्रम प्रत्यक्ष करसँग जोडिने विषय भएकाले यसलाई प्रभावकारी बनाउन करतिर्ने सामथ्र्यको विकास गरिनुपर्छ’ महासचिव पोखरेलले भने– ‘हामीले आफ्नो आम्दानीमा कर तिर्न आवश्यक छ ।’
नेपालमा सामाजिक सुरक्षा कार्यक्रम लोक कल्याणकारी राज्यको अवधारणा अन्तर्गत २०५१ सालमा तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको नेकपा ९एमाले० को सरकारले ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिन थालेबाट सुरु भएको स्मरण गर्दै महासचिव पोखरेलले यो नै नेपालमा सामाजिक सुरक्षाको जग भएको र अहिले सामाजिक सुरक्षाको दायरा फराकिलो भएको बताए ।
सामाजिक सुरक्षा व्यक्तिको सुरक्षासँग जोडिएको विषय भएको र यो हुनेखानेका लागि नभई जीवन चलाउन कठिन निम्न आर्थिक स्थितिका व्यक्तिहरूका लागि भविष्य सुरक्षित बनाउनका लागि आवश्यक भएको उनले स्पष्ट गरे । लोककल्याणकारी राज्यमा व्यक्ति स्वयम् काम गर्नसक्ने अवस्थासम्म राज्यका लागि हुनुपर्ने बताए।
कतिपय पुँजीवादी र विकसित देशहरूमा सामाजिक सुरक्षा व्यवस्था राम्रो रहेको टिप्पणीहरू सुनिने गरेको सन्दर्भमा महासचिव पोखरेलले आर्थिक सामथ्र्याका आधारमा सामाजिक सुरक्षा प्रदान गर्ने कुरामा ती देशभन्दा नेपाल धेरै माथि रहेको स्पष्ट गरे।
महासचिव पोखरेलले पुँजीवाद सङ्कटमा परेपछि प्रजातान्त्रिक समाजवादको अवधारणाले जन्म लिएको र पुँजीवादी देशले पुँजीवादको रक्षाका लागि समाजवादका विशेषता ग्रहण गर्ने क्रममा सामाजिक सुरक्षाको अवधारणाले स्थान पाएको स्पष्ट गरे।
नेपालमा सामाजिक सुरक्षाको आयाम धेरै फराकिलो रहे पनि राज्यको सामथ्र्य नरहन पनि सक्ने अवस्थालाई मध्यनजर गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणा ल्याइएको उहाँले बताउनुभयो । महासचिव पोखरेलले त्यस अर्थमा कोषलाई सुरक्षित र प्रभावकारी बनाउने कुरामा ध्यान दिनुपर्ने बताउँदै योगदानकर्तालाई अधिकतम प्रतिफल दिन सक्नेगरी कोषलाई प्रतिफलमूलक बनाउनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १५:१६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...
चैत्र २६ गते, २०८२ - १५:१०
नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...
चैत्र २६ गते, २०८२ - १४:५६
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...
चैत्र २६ गते, २०८२ - १४:३१
काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...
चैत्र २६ गते, २०८२ - १४:०८
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। उन्हालाई सत्तारुढ दल राष्ट्रिय...
चैत्र २६ गते, २०८२ - १४:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ...
चैत्र २६ गते, २०८२ - १३:५८
काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। लामाले राप्रपा...
चैत्र २६ गते, २०८२ - १३:५५
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्। ...
चैत्र २६ गते, २०८२ - १३:४७
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले बलात्कारको आरोप लगाउँदै त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा जाहे...
चैत्र २६ गते, २०८२ - १३:३१
काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्र तथा वन जंगलको संरक्षणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। वन जंगलको संरक्षण, दल...


प्रतिकृया लेख्नुहोस्: