चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो ।
अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा। गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुन:देखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो ।
चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए । उनले भने, ‘यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिइने छैन, क्यान्सर उपचार चरणबद्ध रुपमा हुन्छ, केमो लगाएर वा सेकाइ गरेर घर गएको बिरामीलाई जटिलता आयो भने यो नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।’
त्यसैगरी दूरदराजमा रहेका बिरामीलाई पहिलो पटक क्यान्सर पहिचान भएपछि नन क्यान्सर अस्पतालका चिकित्सकले प्रथम चरणमा कसरी उपचार सुरु गर्ने भन्ने ज्ञान नहुने हुँदा त्यसलाई सहजीकरण गर्न पनि यो सेवा प्रयोग गर्न सकिने उनले बताए । डा।साहले भने, ‘हामीले आवश्यक परेमा नन क्यान्सर अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई मोबाइलमार्फत नै तत्कालको उपचार र रिफर कसरी गर्ने भन्नेबारेमा सहजीकरण गर्नेछौँ ।’
अस्पतालका कार्यकारी निर्देशक डा।शिवजी पौडेलले दूरदराजमा रहेका बिरामीलाई लक्षित गरी हटलाइन सेवा शुभारम्भ गरिएको बताए । ‘एक्युट अङ्कोलोजी’ सर्भिसको तालिम प्राप्त चिकित्सक र नर्सले चौबीसै घण्टा मोबाइलबाट सेवा दिने उनले बताए । दुरदराजमा रहेका बिरामीको रिपोर्ट मगाएर वा लक्षणका आधारमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने उपचार तथा प्रक्रियाका बारेमा यसबाट सुझाव दिइने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: