Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

राष्ट्रियसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । 

बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्‍याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गरे । भारतमा लगी बन्धक बनाइएकाले दोषीलाई खोजी गरी कारबाही गर्न उनले सरकारसँग माग गरे । 

सदस्य घनश्याम रिजालले २०१ स्थानीय तहमा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले शीघ्र पठाएर सहज कार्यसम्पादन गर्ने वातावरण बनाउन माग गरे। सदस्य रुक्मिणी कोइरालाले महिला स्वास्थ्य स्वयंसेविकाले मातृशिशु स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकाले तिनको यथोचित व्यवस्थापन गर्न माग गरे ।

सदस्य रेणु चन्दले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बैतडीको कार्यालयमा आगलागी भई महत्त्वपूर्ण दस्तावेज नष्ट भएकाले कसले र किन आगलागी गरेको हो ? तिनको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरे । सदस्य विष्णुकुमारी सापकोटाले दैलेखमा भेटिएको ग्यास भण्डारले नेपाली खुसी भएका उल्लेख गर्दै यसलाई रोजगारी प्रवर्द्धनमा उपयोग गर्न माग गरे। 

सदस्य विष्णुदेवी पुडासैनीले प्रदूषण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरी वातावरण सुधारमा योगदान गर्न सरकारसँग माग गर्नुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले कोरोना बढ्दै गएको, ७३ जिल्लामा डेङ्गु फैलिएकाले भन्दै दुवै रोगको नियन्त्रणमा समयमै काम गर्न माग गरे।

सदस्य कृष्णप्रसाद अधिकारीले नवलपरासी दाउन्ने सडकमा भएको समस्या शीघ्र समाधान गर्न माग गर्दै गत वर्षको वर्षाद्मा पुगेको क्षतिको पनि अझै पुन:निर्माण हुन नसकेकाले यो वर्षका लागि हुनसक्ने विपद्को पूर्वतयारी गर्न माग गरे। सदस्य सावित्री मल्लले दैलेखमा भेटिएको एक अर्ब १२ करोड घनमिटर ग्यासको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यसले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...

मूल्य चापबिच मल अनुदान बढाउँदै भारत

नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दर्ता गर्‍यो, रास्वपासँग सहमति भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...

असनमा हरेक शनिबार सवारी साधन प्रवेश निषेध

काठमाडौँ। काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending