काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकको शून्य समयमा सदस्य कृष्णबहादुर रोकायाले आकर्षक रोजगारको लोभमा भारतको उत्तराखण्डमा पुर्याइएका केही युवाको उद्धार गरी ल्याइएकाले लैजानेलाई खोजी गरी कारबाही गर्न माग गरे । भारतमा लगी बन्धक बनाइएकाले दोषीलाई खोजी गरी कारबाही गर्न उनले सरकारसँग माग गरे ।
सदस्य घनश्याम रिजालले २०१ स्थानीय तहमा अहिले पनि प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले शीघ्र पठाएर सहज कार्यसम्पादन गर्ने वातावरण बनाउन माग गरे। सदस्य रुक्मिणी कोइरालाले महिला स्वास्थ्य स्वयंसेविकाले मातृशिशु स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकाले तिनको यथोचित व्यवस्थापन गर्न माग गरे ।
सदस्य रेणु चन्दले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बैतडीको कार्यालयमा आगलागी भई महत्त्वपूर्ण दस्तावेज नष्ट भएकाले कसले र किन आगलागी गरेको हो ? तिनको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरे । सदस्य विष्णुकुमारी सापकोटाले दैलेखमा भेटिएको ग्यास भण्डारले नेपाली खुसी भएका उल्लेख गर्दै यसलाई रोजगारी प्रवर्द्धनमा उपयोग गर्न माग गरे।
सदस्य विष्णुदेवी पुडासैनीले प्रदूषण मापदण्ड पूर्णरूपमा कार्यान्वयन गरी वातावरण सुधारमा योगदान गर्न सरकारसँग माग गर्नुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले कोरोना बढ्दै गएको, ७३ जिल्लामा डेङ्गु फैलिएकाले भन्दै दुवै रोगको नियन्त्रणमा समयमै काम गर्न माग गरे।
सदस्य कृष्णप्रसाद अधिकारीले नवलपरासी दाउन्ने सडकमा भएको समस्या शीघ्र समाधान गर्न माग गर्दै गत वर्षको वर्षाद्मा पुगेको क्षतिको पनि अझै पुन:निर्माण हुन नसकेकाले यो वर्षका लागि हुनसक्ने विपद्को पूर्वतयारी गर्न माग गरे। सदस्य सावित्री मल्लले दैलेखमा भेटिएको एक अर्ब १२ करोड घनमिटर ग्यासको सदुपयोग हुनुपर्नेमा जोड दिँदै यसले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: