धादिङबेसी। वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र भासिने सम्भावना भएका जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन सुरु गरिएको छ ।
अघिल्ला वर्षहरूमा लगातारको वर्षातले पहिरो खसेर वा सडक भासिएर गम्भीर दुर्घटना र धनजनको क्षति भएको थियो । यस वर्ष सावधानीपूर्वक जोखिम न्यूनीकरणको पहलस्वरूप यो अनुगमन अघि बढाइएको हो ।
धादिङ जिल्ला समन्वय समितिको संयोजनमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सुरक्षा निकायका प्रतिनिधिहरू र नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाका अधिकारीहरूको सहभागी थिए ।
टोलीले सडक विस्तार भइरहेको स्थान, त्यहाँ देखा परेका चुनौतीहरू र सुरक्षाका उपायहरूबारे अवलोकन गर्दै आवश्यक निर्णयहरू पनि लिएको छ ।
सम्भावित पहिरो क्षेत्र तथा जमिन भासिने सम्भावना भएका ठाउँहरूमा मनसुन अवधिभर कुनै पनि प्रकारको सडक विस्तार कार्य नगर्ने सहमती भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
उनले भने, “जहाँ काम भइरहेको छ, त्यहाँ उच्च सतर्कताका साथ सवारी सञ्चालन गर्नु”। विपद् आइपरेको अवस्थामा तत्काल राहत र सहयोग प्रदान गर्न आवश्यक तयारी पूरा गरिएको उनले बताए।
पृथ्वी राजमार्गको भौगोलिक स्वरूपअनुसार स्थान(स्थानमा खोल्साहरू, भीरालो जमिन र पहाडी भू–भाग रहेका कारण बर्खाको समयमा जोखिम बढेको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले जोखिमयुक्त क्षेत्रमा सवारी रोक्न र जोखिम पहिचान भएपछि सवारी सञ्चालन गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् ।
निर्माणाधीन सडकमा रहेका खाल्डाखुल्डीहरु तत्काल पुर्न, नालाहरु बनिरहेको स्थानमा पानी निकासको व्यवस्था मिलाउन विस्तार आयोजनालाई भनिएको छ । सडक संकेत चिन्ह थप गर्न भनिएको र समन्वयमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
हाल नागढुंगा–नौबिसे खण्ड तथा नौबिसे–मुग्लिन खण्डमा सडक र पुल विस्तारका काम तीव्र रूपमा अघि बढिरहेको छ । तर कमजोर भौगोलिक संरचनाका कारण वर्षातका बेला पकट पटक झरीरहने पहिरो र चट्टान हटाउँदै सवारी सञ्चालन गराउनु चुनौतीपूर्ण रहेको आयोजनाका प्रमुखहरूले बताएका छन् ।
अत्यधिक चापयुक्त राजमार्गमा काम गर्दै सवारी सञ्चालन सुनिश्चित गर्नु कठिन कार्य भएको र यही कारण कामको प्रगति अपेक्षाअनुसार हुन नसकेको उनीहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: