इलाम। इलामका १० वटै नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाले जिल्लाका १० पालिकामध्ये सबैभन्दा ठुलो आकारको बजेट प्रस्तुत गरेको छ । सूर्योदयले एक अर्ब ४० करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख दुर्गा कुमार बरालले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा भन्दा सुशासनका क्षेत्रमा बजेट केन्द्रित भएको जानकारी दिए।
यस्तै, इलाम नगरपालिकाले एक अर्ब १४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नि:शुल्क प्राविधिक जनशक्ति उत्पादनदेखि जैविक वडा घोषणाका कार्यक्रममा बजेट केन्द्रित गरेको नगर प्रमुख केदार थापाले जानकारी दिए।
यसैगरी, देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपियाँ बराबरको बजेट पारित गरेको छ । देउमाईले पुराना कामलाईनै निरन्तरता दिएको छ । माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । माईले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनमा जोड दिएको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड २० लाख ५० लाख नौ सय ९१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले पशु क्षेत्र र पर्यटनमा बजेट केन्द्रित भएको जानकारी दिए । सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार सात सय ५४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै, इलामको चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपियाँको बजेट विनियोजन गरेको छ । माङ्सेबुङ गाउँपालिकाले ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रोङ गाउँपालिकाले ५४ करोड ६० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । रोङले कृषि क्षेत्र र शिक्षामा बढी रकम बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: