Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

कावासोतीको बजेट एक अर्ब ६१ लाख ४४ हजार

खबरडबली संवाददाता

मध्यविन्दु। कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

मंगलबार भएको १७ औँ नगर सभामा नगर उपप्रमुख फूल कुमारी थनेतले आर्थिक वर्ष २०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ६१ लाख रुपियाँ बजेट प्रस्तुत गरेको हो । 

सभामा उपप्रमुख थनेतले बजेट प्रस्तुत गर्दै ६ करोड ५० लाख आन्तरिक स्रोतबाट, वित्तीय समानीकरण अनुदान नेपाल सरकारबाट १७ करोड २ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ८३ लाख, सशर्त अनुदान संघीय सरकारबाट ४३ करोड ६६ लाख, विशेष अनुदान नेपाल सरकारबाट ४ करोड १८ लाख, समपूरक अनुदान नेपाल सरकारबाट ६० लाख, आम्दानी हुने बताए। 

यसैगरी वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड १८ लाख, सवारीसाधन कर प्रदेश सरकारबाट २ करोड २८ लाख,  विषेश अनुदान प्रदेश सरकारबाट ४० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट २८ लाख, घरजग्गा रजिस्ट्रेशनबाट ४ करोड २० लाख, विज्ञापन करबाट ५ लाख ५१ हजार, नदीजन्य पदार्थ विक्री राजश्व बाँडफाँडबाट स्थानीयबाट ३ करोड ३० लाख र लागत सहभागिताबाट एक करोड आम्दानी हुने उपप्रमुख थनेतले जानकारी गराए। 

यसैगरी व्ययतर्फ, प्रशासनिक खर्च २१ करोड ११ लाख, मर्मत सम्भार कोषमा एक करोड, समपूरक कोषमा २ करोड ३५ लाख, विपद् व्यवस्थापन कोषमा एक करोड, नगर स्तरीय योजना तथा कार्यक्रममा १२ करोड १० लाख, वडा स्तरीय योजना तथा कार्यक्रममा १२ करोड ९२ लाख खर्च हुने उपप्रमुख थनेतले बताए। 

सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ६६ लाख , विशेष अनुदान नेपाल सरकार र प्रदेश सरकारबाट ४ करोड ५८ लाख, समपूरक अनुदान ८८ लाख ४२ हजार र जनसहभागिताबाट एक करोड खर्च हुने गरी कूल एक अर्ब ६१ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमानित बजेट प्रस्तुत गरे। 

नगर सभामा नगर प्रमुख विष्णु प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर यातायात गुरुयोजना अनुसार प्राथमिकीकरण गरिएका सडकहरूको विस्तार एवम् स्तरोन्नती, नगर रणनीतिक सडकहरूलाई फुटपाथ, ट्रयाक र वातावरण मैत्री  सडक निर्माण गर्न समन्वय गर्ने, ऊर्जामैत्री भवन निर्माणको नीति लिई ऊर्जामैत्री घर निर्माण गर्ने कार्यलाई प्रोत्साहित गर्ने नीति नगरले अघि सारेको बताए। 

यस्तै कावासोतीको केरुङे खोलाका तटीय क्षेत्रका वडाहरू १,२,३,४,५,९,१०,१५ मा तटबन्ध गरी खोलाको किनारमा हरियाली क्षेत्र (ग्रिन बेल्ट) निर्माण गर्ने, साइकल लेन, फुटपाथ सहितको कोरिडोर मार्ग निर्माण गर्ने नीति अघि सार्दै त्यसका लागि नेपाल सरकार र दातृ निकायसँग सहयोग लिने र बाँकी रहेको जमिनलाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिने गरी योजना तयार गर्ने नगर प्रमुख भुसालले जानकारी दिए। 

यसैगरी कावासोती नगरपालिका भित्र अटो पार्किङको लागि क्षेत्र निर्धारण गरी अटो दर्ता तथा नियमन कार्य अगाडी बढाइने, पूर्व पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरण र सुरक्षाका लागि सडक बत्ती र सिसि क्यामेरा वडा गरिने लगायतका नीति कार्यक्रम सभामा नगर प्रमुख भुसालले प्रस्तुत गरेको थिए।  

यस्तै प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले सभामा प्रस्तुत गरेको संशोधित आर्थिक विद्येयक २०८२ र विनियोजन विद्येक २०८२ पनि पारित गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending