हेटौँडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि २ अर्ब ९० करोड तीन लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। मङ्गलबार भएको उपमहानगरको १७ औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष ०८२/८३ को लागि बजेटमा वृद्धि गरिएको बजेट प्रस्तुत गरेको हो। हेटौँडाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो।
आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँडबाट ९२ करोड १४ लाख ७० लाख ५५ हजार, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट एक अर्ब १९ करोड ५० लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ। नगर विकास कोषबाट ऋण तीन करोड ६० लाख व्यहोरिने उल्लेख छ।
उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान ऊर्जा, सडक बत्ती, जलस्रोत, भवन तथा आवास, सिँचाइलगायत नगर स्तरीय पूर्वाधारतर्फ ६८ करोड ३९ लाख ४१ हजार विनियोजन गरेको छ भने वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार बजेट विनियोजन गरेको छ।
उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न आगामी आर्थिक वर्षको लागि चार करोड रुपियाँ, सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न एक करोड ५० लाख, चालु आवमा सम्झौता भई सञ्चालनमा रहेका भुक्तानी हुन बाँकी योजनाको दायित्व भुक्तानीका लागि ३० करोड, सङ्घीय सरकार र प्रदेश सरकारतर्फको समपूरक कोष योजनाका लागि पदमपोखरी मुख्य सडक विस्तार, बृहत् खानेपानी, चक्रपथ सडक लगायतका योजनाका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ।
उपमहानगरपालिकाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ४ करोड ६९ लाख सात हजार बजेट विनियोजन गरिएको छ। कृषि विकासतर्फ उन्नत वालाको बिउ र कृषि प्रवद्र्धनका लागि १ करोड ६२ लाख, मौसमी तथा बेमौसमी घाँस वितरण कार्यक्रम र पशु विकास विविध कार्यक्रमका लागि १ करोड ५० लाख, मेयरसँग स्वरोजगार कार्यक्रमका लागि उद्योग वाणिज्य तथा सहकारी तर्फ ९८ लाख ३६ हजार विनियोजन गरिएको छ।
सुशासन तथा संस्थागत विकास अन्त्रगतका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ६३ करोड ५४ लाख ९० हजार, सामाजिक विकासका लागि १६ करोड ८३ लाख ५५ हजार, वन तथा वातावरण र विपद्का लागि ६ करोड २० लाख ५० हजार, शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५ करोड ५१ लाख, स्वास्थ्य क्षेत्रका योजनाका लागि २ करोड ७८ लाख, युवा तथा खेलकुदका लागि दुई करोड ५५ लाख, नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारी कार्यक्रम अन्तर्गत तथा खानेपानीको न्यूनतम रकम भुक्तानीको लागि एक करोड ७५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: