हेटौँडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि २ अर्ब ९० करोड तीन लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। मङ्गलबार भएको उपमहानगरको १७ औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष ०८२/८३ को लागि बजेटमा वृद्धि गरिएको बजेट प्रस्तुत गरेको हो। हेटौँडाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो।
आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँडबाट ९२ करोड १४ लाख ७० लाख ५५ हजार, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट एक अर्ब १९ करोड ५० लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ। नगर विकास कोषबाट ऋण तीन करोड ६० लाख व्यहोरिने उल्लेख छ।
उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान ऊर्जा, सडक बत्ती, जलस्रोत, भवन तथा आवास, सिँचाइलगायत नगर स्तरीय पूर्वाधारतर्फ ६८ करोड ३९ लाख ४१ हजार विनियोजन गरेको छ भने वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार बजेट विनियोजन गरेको छ।
उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न आगामी आर्थिक वर्षको लागि चार करोड रुपियाँ, सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न एक करोड ५० लाख, चालु आवमा सम्झौता भई सञ्चालनमा रहेका भुक्तानी हुन बाँकी योजनाको दायित्व भुक्तानीका लागि ३० करोड, सङ्घीय सरकार र प्रदेश सरकारतर्फको समपूरक कोष योजनाका लागि पदमपोखरी मुख्य सडक विस्तार, बृहत् खानेपानी, चक्रपथ सडक लगायतका योजनाका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ।
उपमहानगरपालिकाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ४ करोड ६९ लाख सात हजार बजेट विनियोजन गरिएको छ। कृषि विकासतर्फ उन्नत वालाको बिउ र कृषि प्रवद्र्धनका लागि १ करोड ६२ लाख, मौसमी तथा बेमौसमी घाँस वितरण कार्यक्रम र पशु विकास विविध कार्यक्रमका लागि १ करोड ५० लाख, मेयरसँग स्वरोजगार कार्यक्रमका लागि उद्योग वाणिज्य तथा सहकारी तर्फ ९८ लाख ३६ हजार विनियोजन गरिएको छ।
सुशासन तथा संस्थागत विकास अन्त्रगतका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ६३ करोड ५४ लाख ९० हजार, सामाजिक विकासका लागि १६ करोड ८३ लाख ५५ हजार, वन तथा वातावरण र विपद्का लागि ६ करोड २० लाख ५० हजार, शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५ करोड ५१ लाख, स्वास्थ्य क्षेत्रका योजनाका लागि २ करोड ७८ लाख, युवा तथा खेलकुदका लागि दुई करोड ५५ लाख, नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारी कार्यक्रम अन्तर्गत तथा खानेपानीको न्यूनतम रकम भुक्तानीको लागि एक करोड ७५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - १७:२७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...
श्रावण ७ गते, २०८३ - १७:०५
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...
श्रावण ७ गते, २०८३ - १६:५३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...
श्रावण ७ गते, २०८३ - १६:४९
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...
श्रावण ७ गते, २०८३ - १६:४५
काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...
श्रावण ७ गते, २०८३ - १६:०९
इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...
श्रावण ७ गते, २०८३ - १६:०२
काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...
श्रावण ७ गते, २०८३ - १५:३६
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...
श्रावण ७ गते, २०८३ - १५:२१
काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...
श्रावण ७ गते, २०८३ - १५:०७
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...



प्रतिकृया लेख्नुहोस्: