सुलीकोट। गोरखामा अबिरल वर्षाका कारण गोरखा–नाम्जुङ–घैरुङ– मनकामना सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण शहिद लखन गाउँपालिका–७ बुङकोट ढुङ्गाडे भञ्ज्याङ सडकमा सोमबार बिहान ५ बजे सडक भासिएर पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिए।
उनका अनुसार रातभरी परेको अविरल वर्षाले गोरखा सदरमुकामबाट छुटेका विभिन्न सवारीसाधनहरु बिच बाटोमै रोकिएको उनले बताए।
‘‘सडक चिराचिरा भएर भासिएको छ । ठुलो पहिरो गएका कारण तत्काल पन्छाउन सकस देखिएको छ,’’ प्रहरी नायब उपररीक्षक सुबेदीले भने, ‘‘शहिद लखन गाउँपालिकाका तथा नेपाल प्रहरी, पूर्वाधार कार्यालय गोरखालगायत सम्बन्धित निकायमा छलफल गरेर सडक खुलाउन प्रयास भइरहेको छ ।’’
उक्त सडक क्षेत्रमा शहिद लखन गाउँपालिका र पूर्वाधार कार्यालय गोरखाको सहयोगमा सवारीसाधन सुचारु गर्न प्रयास भइरहेको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताए। उनका अनुसार गाउँपालिकाको जेसिबी प्रयोग गरी अबको केहि समयमा एकतर्फी रुपमा भए पनि सडक सुचारु गरी सञ्चलानमा ल्याइने उजले बताए।
झण्डै पाँच घण्टादेखि यात्रुबाहक सबारी साधनहरु रोकिएर बसेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोका कारण गोरखा मनकामना सडक पूर्ण रुपमा बन्द भएको छ । निरन्तर रुपमा गाउँपालिकाको जेसिबीले पहिरो पन्छाएर वैकल्पिक मार्ग बनाएर पनि सडक सुचारु गर्न लागिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष थापा मगरले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १५:५९
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...
आषाढ़ १२ गते, २०८३ - १५:४८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक ...
आषाढ़ १२ गते, २०८३ - १५:२८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...
आषाढ़ १२ गते, २०८३ - १५:१०
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...
आषाढ़ १२ गते, २०८३ - १४:२४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...
आषाढ़ १२ गते, २०८३ - १४:०९
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...
आषाढ़ १२ गते, २०८३ - १३:५५
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...
आषाढ़ १२ गते, २०८३ - १३:४४
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...
आषाढ़ १२ गते, २०८३ - १३:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...
आषाढ़ १२ गते, २०८३ - १३:११
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...



प्रतिकृया लेख्नुहोस्: