काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अग्रसरता लिँदा मात्र उद्धार र राहत प्रभावकारी भएको बताए ।
शुक्रबार पार्टीको विपद् व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको ‘नेपालमा विपद्को अवस्था र पूर्वतयारी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैंले अग्रसरता लिँदा मात्र उद्धार र राहत प्रभावकारी भएको अनुभव सुनाउँदै प्राधिकरणको संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘प्रधानमन्त्री आफैं अगाडि सरिसकेपछि अरूले विधि, विधान र प्रक्रिया हेरिराख्नुपरेन। यो अनुभवले मलाई के लाग्यो भने प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत भयो भने मात्रै यसले प्रभावकारी काम गर्न सक्छ।’
अध्यक्ष दाहालले विपद् आइसकेपछि मात्र तात्ने तर पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ भनेझैँ उपचारभन्दा रोकथाम नै महत्त्वपूर्ण हो,’ उनले भने, ‘हामीकहाँ विपद् नआउँदासम्म तयारीमा ध्यान नदिने र आइसकेपछि तयारी नपुग्ने र ठूलो क्षतिको सामना गर्न बाध्य हुने संस्कृति छ। यसको अन्त्यका लागि आवश्यक ऐन, कानुन र प्राविधिक तयारीमा जुट्नुपर्छ।’
उनले आफ्नो पार्टीले विपद् व्यवस्थापन विभागलाई जनसंगठनकै रूपमा विकास गर्ने र सबै भ्रातृ संगठनहरूलाई समेत स्वयंसेवक गठन गरी पूर्वतयारी, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइने प्रतिबद्धता व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १५:५९
वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । वालिङको मिर्दि–चापाक...
आषाढ़ १२ गते, २०८३ - १५:४८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक ...
आषाढ़ १२ गते, २०८३ - १५:२८
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी निर्वाचनअन्तर्गत चितवनको भरतपुरमा मतदान प्रक्रिया जारी रहेको छ। पार्टी निर्वाचन आयोगका अनुसार दिउँसो...
आषाढ़ १२ गते, २०८३ - १५:१०
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...
आषाढ़ १२ गते, २०८३ - १४:२४
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...
आषाढ़ १२ गते, २०८३ - १४:०९
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...
आषाढ़ १२ गते, २०८३ - १३:५५
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...
आषाढ़ १२ गते, २०८३ - १३:४४
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...
आषाढ़ १२ गते, २०८३ - १३:१९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...
आषाढ़ १२ गते, २०८३ - १३:११
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...



प्रतिकृया लेख्नुहोस्: