मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि उनकै कार्यकक्षमा साङ्घातिक आक्रमण भएको छ ।
भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेको हो ।
उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको समूहले वडाअध्यक्ष न्यौपानेलाई कालो मोबिल छ्यापेको थियो । वडा कार्यालयमा बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा आएका तीन–चार जना व्यक्तिले कुटपिट गरी मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी प्रवक्ता अर्यालका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुकुम्बासीसम्बन्धी समस्याको व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपानेमाथि मोबिल छ्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा भूमिहीन सुकुम्बासी लेखिएको खाली रेकर्डफाइल फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताए ।
घटनामा संलग्नको पहिचानका लागि सिसिटिभी क्यामेराको दृश्य विश्लेषण तथा फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । आक्रमणबाट अध्यक्ष न्यौपानेको टाउकामा चोट लागेको छ ।
घटनापछि हेटौँडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित वडाअध्यक्ष घटनास्थल पुगेका थिए । वडाअध्यक्ष न्यौपानेमाथि भएको सङ्घातिक आक्रमणप्रति हेटौँडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनापछि हेटौँडा उपमहानगरले पत्रकार सम्मेलन गर्दै यस्ता आपराधिक गतिविधिको भत्र्र्सना गरेको छ । उपमहानगरले सङ्घीय, प्रदेश र स्थानीय तहमा रहेको कानुनी संरचनाको परिधिमा रही दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ ।
यसैगरी हेटौँडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष न्यौपानेमाथि भएको अभद्र व्यवहारप्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ । वडा कार्यालयमै जबर्जस्ती प्रवेश गरी एक समूहले न्यौपानेमाथि दुर्व्यवहार र दुव्र्यवस्थित व्यवहार गरेपछि कांग्रेस मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १६:३९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोग...
फाल्गुन २३ गते, २०८२ - १६:२६
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...
फाल्गुन २३ गते, २०८२ - १६:२५
इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...
फाल्गुन २३ गते, २०८२ - १६:१३
काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् । उक्त क्षेत्रमा ...
फाल्गुन २३ गते, २०८२ - १०:४२
रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र कांग्रेसबीच कडा टक्कर भएकाे छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...
फाल्गुन २३ गते, २०८२ - १०:२९
दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...
फाल्गुन २३ गते, २०८२ - १०:०६
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...
फाल्गुन २३ गते, २०८२ - ०९:५८
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?



प्रतिकृया लेख्नुहोस्: