हुम्ला। दुई हप्तादेखि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार चुलिँदै गएको छ । खानेपानीको मुहान रहेको हुमाने खोलामा पानी सुक्दै गएका कारण सदरमुकामवासीलाई खानेपानीको समस्या भएको हो ।
खानेपानी उपभोक्ता समिति सिमकोटका प्राविधिक रुपेन्द्र रोकायाले खानेपानी समस्या चरम रहेको बताए। हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थप चुलिँदै गएको उनले बताए। हुमाने खोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भए पनि पाइप जडान गरी ल्याउने गरिएको छ ।
त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा यहाँका सर्वसाधारणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नुपरेको उनको भनाइ छ । उनले खोलामा पानी सुक्दै गएको, सदरमुकामका खानेपानीका ग्राहकले समितिलाई पानी छोड्दैनन् भनी गुनासो गर्ने गरेको भए पनि त्यसो नभएको बताउनुभयो । समितिले कहाँबाट पानी ल्याएर दिनु, खोलाको पानी सुक्दै गएको जनाएको छ ।’
खोलामा पानी जमिनमुनि छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिकाले पानी नचुहिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको थियो । गाउँपालिकाले दिएको पाल शनिबार पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक रहेका छन् । उहाँहरु सबैलाई बिहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरिएको छ । सिमकोटमा रहेका खानेपानीका रिर्जभ ट्यांकी यतिबेला खाली छन् ।
खानेपानी उपभोक्ता समितिले विगतदेखि नै सदरमुकामवासीलाई बिहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो । यतिबेला सरदुमकाम सिमकोटवासीले खानेपानी धारामा पानी नआउने समस्या हुने गरेको गुनासो स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले बताए । धारामा पानी नआएपछि आधा घण्टा पैदल हिंडेर पानीको व्यवस्था गर्ने गरिएको उनले बतााए ।
सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानीको आउन बन्द भएको छात्रवासका वार्डेन कमला लामाले बताउनुभयो । बिहान बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा पानी आउने घरका धारामा दुई, तीन घण्टा लाइन बसेर पानी थाप्नुपरेको उहाँको भनाइ छ । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समस्या हुँदै आएको अनमी बोहराको भनाइ छ ।
खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोल, काठेचुली चोक, अस्पताल क्षेत्र, माथिल्लो बजारलगायतका क्षेत्रका स्थनीयको टाढा टाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । खानेपाानीको समस्या मात्र नभएर सरसफाइका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधारणको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: