हुम्ला। दुई हप्तादेखि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार चुलिँदै गएको छ । खानेपानीको मुहान रहेको हुमाने खोलामा पानी सुक्दै गएका कारण सदरमुकामवासीलाई खानेपानीको समस्या भएको हो ।
खानेपानी उपभोक्ता समिति सिमकोटका प्राविधिक रुपेन्द्र रोकायाले खानेपानी समस्या चरम रहेको बताए। हुमाने खोलाको पानी सुक्दै गएपछि छाल्ता खोलाबाट सदरमुकामवासीका लागि खानेपानी जडान गरी ल्याए पनि मुख्य मुहानमै पानी कम भएपछि यसको समस्या थप चुलिँदै गएको उनले बताए। हुमाने खोलाको पानी सुकेका कारण छाल्ता भन्ने स्थानमा आउने गरेको कमै पानी भए पनि पाइप जडान गरी ल्याउने गरिएको छ ।
त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्याङ्की भरिन नसक्दा यहाँका सर्वसाधारणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नुपरेको उनको भनाइ छ । उनले खोलामा पानी सुक्दै गएको, सदरमुकामका खानेपानीका ग्राहकले समितिलाई पानी छोड्दैनन् भनी गुनासो गर्ने गरेको भए पनि त्यसो नभएको बताउनुभयो । समितिले कहाँबाट पानी ल्याएर दिनु, खोलाको पानी सुक्दै गएको जनाएको छ ।’
खोलामा पानी जमिनमुनि छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिकाले पानी नचुहिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको थियो । गाउँपालिकाले दिएको पाल शनिबार पनि खोला र पाइप भएका स्थानमा बिछ्याउने कार्य भइरहेको छ । सिमकोटमा पाँच सय २६ खानेपानीका ग्राहक रहेका छन् । उहाँहरु सबैलाई बिहान बेलुकाको समयमा टोल टोल गरी पालो अनुसार पानी छोड्ने गरिएको छ । सिमकोटमा रहेका खानेपानीका रिर्जभ ट्यांकी यतिबेला खाली छन् ।
खानेपानी उपभोक्ता समितिले विगतदेखि नै सदरमुकामवासीलाई बिहान बेलुकाको समयमा मात्र पानी वितरण गर्दै आएको थियो । यतिबेला सरदुमकाम सिमकोटवासीले खानेपानी धारामा पानी नआउने समस्या हुने गरेको गुनासो स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले बताए । धारामा पानी नआएपछि आधा घण्टा पैदल हिंडेर पानीको व्यवस्था गर्ने गरिएको उनले बतााए ।
सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रवासमा दुई महिनादेखि खानेपानीको आउन बन्द भएको छात्रवासका वार्डेन कमला लामाले बताउनुभयो । बिहान बेलुका आउने पानी पछिल्लो समय बन्द हुँदा पानी आउने घरका धारामा दुई, तीन घण्टा लाइन बसेर पानी थाप्नुपरेको उहाँको भनाइ छ । अस्पताल जस्तो क्षेत्रमा पनि पानीको समस्या हुँदै आएको अनमी बोहराको भनाइ छ ।
खानेपानी नआउँदा सिमकोट तल्लो गाउँ, सूचना टोल, काठेचुली चोक, अस्पताल क्षेत्र, माथिल्लो बजारलगायतका क्षेत्रका स्थनीयको टाढा टाढा पुगेर पानी भरेर खानुपर्ने अवस्था आएको गुनासो छ । खानेपाानीको समस्या मात्र नभएर सरसफाइका लागि पनि थप समस्या हुँदै आएको सर्वसाधारणको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: