हेटौँडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ घोषणा हुनेछ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नेछन्।
आइतबार साँझ ६ बजेर ३० मिनेटका लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने गरी तयारी गरिएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। यसअघि दिउँसो तीन बजेका लागि बजेट प्रस्तुत गर्ने तयारी गरिएको थियो। विशेष कारणवश बैठक केही समयका लागि सारिएको सभामुख पाठकको भनाइ छ। साँझ ५ बजे मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेपछि प्रदेश सभा बैठकमा प्रस्तुत हुने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
चालू आवमा ६४ अर्ब ५४ करोड रुपियाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षमा ६८ अर्ब हाराहरीको बजेट ल्याउने सरकारको तयारी छ।
आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले बजेटको सिलिङ ५५ अर्बको भए पनि महत्त्वपूर्ण योजना कार्यान्वयन र प्रभावकारी बजेट व्यवस्थापनका लागि आकार बढ्ने सङ्केत गरेको छन । बजेटले नागरिकमैत्री कर नीति ल्याउने, करको क्षेत्र विस्तार गर्ने र कर संकलनलाई प्रभावकारी बनाउने रणनीति अपनाइने उनले जानकारी दिए।
प्रदेशमा खर्चको तुलनामा आम्दानी न्यून भइरहेको अवस्थामा प्रदेशको राजस्व वृद्धि गर्न राजस्व सुधार अध्ययन समिति मार्फत सुझाव लिइएको थियो। अध्ययनले प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्वका स्रोत, सङ्कलनको अवस्था, सङ्कलनमा रहेका सम्भावना र सवाल लगायतका विषयको विश्लेषण गरी राजस्व परिचालनमा सुधार एवम् नयाँ क्षेत्र पहिचान र विस्तार सहित प्रदेशको राजस्व वृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...
फाल्गुन २३ गते, २०८२ - १६:१६
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल विजयी भएका छन्। उनल...
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...



प्रतिकृया लेख्नुहोस्: