हेटौँडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ घोषणा हुनेछ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नेछन्।
आइतबार साँझ ६ बजेर ३० मिनेटका लागि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने गरी तयारी गरिएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए। यसअघि दिउँसो तीन बजेका लागि बजेट प्रस्तुत गर्ने तयारी गरिएको थियो। विशेष कारणवश बैठक केही समयका लागि सारिएको सभामुख पाठकको भनाइ छ। साँझ ५ बजे मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेपछि प्रदेश सभा बैठकमा प्रस्तुत हुने मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
चालू आवमा ६४ अर्ब ५४ करोड रुपियाँको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षमा ६८ अर्ब हाराहरीको बजेट ल्याउने सरकारको तयारी छ।
आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले बजेटको सिलिङ ५५ अर्बको भए पनि महत्त्वपूर्ण योजना कार्यान्वयन र प्रभावकारी बजेट व्यवस्थापनका लागि आकार बढ्ने सङ्केत गरेको छन । बजेटले नागरिकमैत्री कर नीति ल्याउने, करको क्षेत्र विस्तार गर्ने र कर संकलनलाई प्रभावकारी बनाउने रणनीति अपनाइने उनले जानकारी दिए।
प्रदेशमा खर्चको तुलनामा आम्दानी न्यून भइरहेको अवस्थामा प्रदेशको राजस्व वृद्धि गर्न राजस्व सुधार अध्ययन समिति मार्फत सुझाव लिइएको थियो। अध्ययनले प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्वका स्रोत, सङ्कलनको अवस्था, सङ्कलनमा रहेका सम्भावना र सवाल लगायतका विषयको विश्लेषण गरी राजस्व परिचालनमा सुधार एवम् नयाँ क्षेत्र पहिचान र विस्तार सहित प्रदेशको राजस्व वृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: