गाईघाट। उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्को शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत नि:शुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका क्रममा सरकारी विद्यालयले चर्को शुल्क लिन थालेका छन् ।
बालबालिकाका लागि नि:शुल्क तथा अनिवार्य शिक्षा भनी नेपालको संविधानमा मौलिक हकका रूपमा उल्लेख गरेको भए पनि अङ्ग्रेजी माध्यमबाट कक्षा शिक्षण गर्ने शिक्षकलाई थप सुविधा दिने बहानामा सरकारी अनुदानमा सञ्चालित विद्यालयले बोर्डिङ स्कुलले झैँ धमाधम शुल्क असुल्न थालेपछि आपूmहरू आर्थिक मारमा परेको अभिभावकको भनाइ छ ।
यसैबिच जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हडियामा रहेको जनता माध्यमिक विद्यालयले कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने सबै विद्यार्थीसंँग अक्षयकोष स्थापना गर्न भन्दै प्रतिविद्यार्थी १५ हजार रुपियाँका दरले शुल्क असुल्न थालेपछि स्थानीय अभिभावकबाट व्यापक गुनासो आएको सोही वडाका वडा अध्यक्ष प्रकाश राउतले बताए।
२०७४ सालदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन हुँदै आएको सो विद्यालयमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । विद्यालयले नियमित अध्ययन गरिरहेका विद्यार्थीबाहेक कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने विद्यार्थीसँग अभिभावक सहयोग कार्यक्रम अन्तर्गत अक्षयकोष स्थापनाका लागि भन्दै प्रतिविद्यार्थी १५ हजार रुपियाँ लिने गरेको विद्यालय प्रशासनले जनाएको छ ।
अनिवार्य र नि:शुल्क शिक्षासम्बन्धी नियमावली २०७७ ले भने स्पष्ट रूपमा सामुदायिक विद्यालयले विद्यार्थी भर्ना, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तकबापतको रकम लिन नपाउने उल्लेख गरेको छ तर जनता माध्यमिक विद्यालय हडियाले मात्र होइन, उदयपुरमा धेरै जसो सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकबाट चर्को रकम असुल्ने गरेका छन् ।
आपूmले सरकारी विद्यालयमा नि:शुल्क पढाइ हुन्छ भन्ने सुनेको भए पनि जनता मावि हडियामा भर्ना गर्न १५ हजार तिर्नुपर्ने बाध्यकारी नियम भएकाले ऋण काढेर छोराछोरी भर्ना गरेको स्थानीय कल्पना परियारले बताए । शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका प्रमुख भवानी कट्टेलले त्यसरी पैसा उठाउनु कानुनविपरीत भएको र जिल्लाका धेरै सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकसँग पैसा लिने गरेको भन्ने जनगुनासो आपूmसम्म पनि आएकाले स्थानीय पालिकाबाटै यसको समाधान खोजिनुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले आपूmले कुनै गलत मनसाय वा कुनै अन्य प्रयोजनका लागि अभिभावकसँग पैसा नलिएको बताए। राउतले सबै अभिभावकलाई खुसी बनाएर पैसा लिएको दाबी पनि गरे । उनले पालिकाले अनुदान कटौती गरेपछि शिक्षकलाई थप तलब सुविधा उपलब्ध गराउन कठिन भएकाले अभिभावक सहयोगमार्फत अक्षयकोष स्थापनार्थ नयाँ विद्यार्थी भर्नामा शुल्क लिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...
मंसिर २९ गते, २०८२ - १४:३९
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी ...
मंसिर २९ गते, २०८२ - १४:२४
काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...
मंसिर २९ गते, २०८२ - १४:१०
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...




प्रतिकृया लेख्नुहोस्: