Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

विद्यालयले विद्याार्थीबाट चर्को शुल्क लिन थालेपछि अभिभावक चिन्तित

खबरडबली संवाददाता

गाईघाट। उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्को शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत नि:शुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका क्रममा सरकारी विद्यालयले चर्को शुल्क लिन थालेका छन् । 

बालबालिकाका लागि नि:शुल्क तथा अनिवार्य शिक्षा भनी नेपालको संविधानमा मौलिक हकका रूपमा उल्लेख गरेको भए पनि अङ्ग्रेजी माध्यमबाट कक्षा शिक्षण गर्ने शिक्षकलाई थप सुविधा दिने बहानामा सरकारी अनुदानमा सञ्चालित विद्यालयले बोर्डिङ स्कुलले झैँ धमाधम शुल्क असुल्न थालेपछि आपूmहरू आर्थिक मारमा परेको अभिभावकको भनाइ छ । 

यसैबिच जिल्लाको चौदण्डीगढी नगरपालिका–९, हडियामा रहेको जनता माध्यमिक विद्यालयले कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने सबै विद्यार्थीसंँग अक्षयकोष स्थापना गर्न भन्दै प्रतिविद्यार्थी १५ हजार रुपियाँका दरले शुल्क असुल्न थालेपछि स्थानीय अभिभावकबाट व्यापक गुनासो आएको सोही वडाका वडा अध्यक्ष प्रकाश राउतले बताए।

२०७४ सालदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन हुँदै आएको सो विद्यालयमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । विद्यालयले नियमित अध्ययन गरिरहेका विद्यार्थीबाहेक कक्षा २ देखि ९ सम्म नयाँ भर्ना हुन आउने विद्यार्थीसँग अभिभावक सहयोग कार्यक्रम अन्तर्गत अक्षयकोष स्थापनाका लागि भन्दै प्रतिविद्यार्थी १५ हजार रुपियाँ लिने गरेको विद्यालय प्रशासनले जनाएको छ ।

अनिवार्य र नि:शुल्क शिक्षासम्बन्धी नियमावली २०७७ ले भने स्पष्ट रूपमा सामुदायिक विद्यालयले विद्यार्थी भर्ना, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तकबापतको रकम लिन नपाउने उल्लेख गरेको छ तर जनता माध्यमिक विद्यालय हडियाले मात्र होइन, उदयपुरमा धेरै जसो सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकबाट चर्को रकम असुल्ने गरेका छन् ।

आपूmले सरकारी विद्यालयमा नि:शुल्क पढाइ हुन्छ भन्ने सुनेको भए पनि जनता मावि हडियामा भर्ना गर्न १५ हजार तिर्नुपर्ने बाध्यकारी नियम भएकाले ऋण काढेर छोराछोरी भर्ना गरेको स्थानीय कल्पना परियारले बताए । शिक्षा विकास तथा समन्वय एकाइ उदयपुरका प्रमुख भवानी कट्टेलले त्यसरी पैसा उठाउनु कानुनविपरीत भएको र जिल्लाका धेरै सामुदायिक विद्यालयले विभिन्न बहानामा अभिभावकसँग पैसा लिने गरेको भन्ने जनगुनासो आपूmसम्म पनि आएकाले स्थानीय पालिकाबाटै यसको समाधान खोजिनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर राउतले आपूmले कुनै गलत मनसाय वा कुनै अन्य प्रयोजनका लागि अभिभावकसँग पैसा नलिएको बताए। राउतले सबै अभिभावकलाई खुसी बनाएर पैसा लिएको दाबी पनि गरे । उनले पालिकाले अनुदान कटौती गरेपछि शिक्षकलाई थप तलब सुविधा उपलब्ध गराउन कठिन भएकाले अभिभावक सहयोगमार्फत अक्षयकोष स्थापनार्थ नयाँ विद्यार्थी भर्नामा शुल्क लिएको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending