हेटौँडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आज आइतबार बागमती प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले प्रदेश सभाको बैठकमा पेस गर्नु हुने कार्यसूची रहेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार दिउँसो ३ बजे प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोले ३० मिनेट अगावै बैठकमा औपचारिक पोसाकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरूलाई अनुरोध गरेको छन् ।
मन्त्री काफ्लेले प्रदेशको एकल अधिकारलाई जोड दिएर आगामी आवको बजेट आउने बताए। उनले उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको बताए। कृषि, रोजगारीसँगै भौतिक पूर्वाधारलाई बजेटको प्राथमिकतामा राखिने भएको छ ।
उता प्रदेश सरकारको आगामी आवको बजेटको आकार चालु आवको भन्दा बढेर आउने भएको छ ।
२०८०/०८१ मा कुल बजेट ६२ अर्ब ७९ करोड ९० लाख ७८ हजार बजेट ल्याइएकोमा चालु आव २०८१/०८२ का लागि बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बजेट ल्याइएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी आवको बजेट आउने भन्दै सरकारको स्रोत नबढ्दाको अवस्थामा पनि धेरै अपेक्षा र माग बढेका कारण चालु आर्थिक वर्षको बजेटको भन्दा आकार बढेर आउने बताए।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपाल आगामी आवका लागि योजना माग गर्नेको चाप र दबाब धेरै भएकोले बजेटको आकार बढ्ने अवस्था आएको बताउछन् ।
सङ्घमा तीन करोड रुपियाँभन्दा कमका नयाँ योजना नराख्ने भने पछि त्यसको दबाब प्रदेशमा परेको हो उनले भने, यही कारणले पनि बजेटको आकार बढ्ने छ ।
नेपालको संविधानले असार १ गते सातै प्रदेशका सरकारले आ–आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: