पर्सा। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमा दुर्वयवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
१४ वटै न्यायाधीसको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
यहाँका न्यायाधीसद्वय डा। खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा ९बहुमत०का तीन जना कार्यकर्ताले बिहीबार दिउँसो करिब ४ बजेको समयमा इजलास कक्षमै दुर्व्यवहार गरेका थिए ।
सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीसद्वयमाथि दुर्व्यवहार गर्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको जानकारी दिए । “खाजा खाने बाहना बनाएर अदालतभित्र छिरेका उनीहरुले मौका छोपेर न्यायाधीसद्वयमाथि दुर्वयवहार गरेका रहेछन्,” उनले भने, “पक्राउ परेकालाई शुक्रबार अदालतमा म्याद थप गर्नका लागि पठाएका छौँ ।”
उनले दुर्व्यवहार गर्नेलाई अदालतको मानहानी, साइबर क्राइम, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गरिने बताए।
यसअघि १४ वटै न्यायाधीसको लागि एक–एक जना पिएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो । प्रहरी प्रमुख मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिए। “विगत लामो समयदेखि कार्यरत रहँदै आएका १४ वटै न्यायाधीसको ‘पिएसओ’लाई परिवर्तन गरेर नयाँ पठाएका छौँ,” उनले भने, “अदालत परिसरको सुरक्षामा खटिने प्रहरीको जनशक्ति समेत थप गरेर सुरक्षालाई अझैँ मजवुत गराउने काम भइरहेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १४:२२
विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...
श्रावण १४ गते, २०८३ - १४:००
आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण
श्रावण १४ गते, २०८३ - १३:४९
काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...
श्रावण १४ गते, २०८३ - १३:२२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...
श्रावण १४ गते, २०८३ - १३:१८
काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...
श्रावण १४ गते, २०८३ - १२:५३
काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...
श्रावण १४ गते, २०८३ - १२:४३
काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...
श्रावण १४ गते, २०८३ - १२:३४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...
श्रावण १४ गते, २०८३ - १२:२६
काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...
श्रावण १४ गते, २०८३ - १२:१६
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: