Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

खबरडबली संवाददाता

काठमाडौं । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको जानकारी दिए ।

बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

६१ जना प्रतिवादीलाई सरकारी वकिल कार्यालयले ११ जेठमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये आपराधिक उपद्रवको कसुरमा मात्रै मुद्दा दायर भएका ११ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका थिएनन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कप्तानगञ्ज गोलीकाण्डमा घाइते अर्का युवकको उपचारको क्रममा मृत्यु

विराटनगर । सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्य...

प्रचण्डको प्रश्न : अनुभवी नेतासँग संवाद गर्न प्रधानमन्त्रीलाई केले रोक्यो ?

आफूमात्रै पर्याप्त छु भन्ने अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण

राहदानी विभागमा पासपोर्ट लिनेको भीड, दुई सिफ्टमा सेवा विस्तार

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...

सुनसरी घटनाबारे प्रचण्डको माग: ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, छानबिन होस्’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...

स्मार्ट टेलिकम–एनसेल प्रकरण: व्यवसायी उपेन्द्र महतो सिआईबीमा उपस्थित

काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...

राप्रपाको प्रश्न: सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...

लघुवित्त पीडितसँग संवादका लागि सरकारको पहल, अर्थ मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending