काठमाडौँ। विज्ञान प्रविधि तथा शिक्षा मन्त्री रघुजी पन्तले माध्यमिक तहसम्मको शिक्षाको जिम्मा पालिकालाई दिने गरी सरकारले तयारी गरिरहेको बताएको छन्।
बिहिबार काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा प्रमुख अथितिको आशनबाट मन्त्री पन्तले सो कुरा बताएको हो।
उनले विद्यार्थी संख्या न्यून रहेका विद्यालय गाभेर शिक्षक र विद्यार्थीको संख्या पूरा गर्ने र यसबाट आर्थिक भार पनि कम पर्ने भन्दै यसका लागि पालिकाले पनि सघाउनुपर्ने बताए।
यसैगरी मन्त्री पन्तले एक महिनाभित्र विद्यालय शिक्षा ऐन जारी हुने र शिक्षक समायोजन तथा विद्यालय गाभ्ने प्रक्रिया पनि सुरु गरिने बताएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजिब थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको आशनबाट संघीय संसद, अर्थसमितिका सभापति सन्तोष चालिसेले विद्यालयले प्रमाणपत्र मात्र दिएर शिक्षा दिएको नठानिने हुँदा अब सीप र क्षमता दिनुपर्ने बताए।
उनले मुलुकको आवश्यकता अनुसार शिक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गर्नु आवश्यक रहे पनि नेपालको शिक्षा कहिले बेलायती मोडल र कहिले भारतीय मोडलमा जाँदा यता न उताको भएको भन्दै अब नेपाली मोडलको शिक्षा आवश्यक रहेको बताए।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले विद्यालयमा दरबन्दी कम रहेको, नगरपालिकाले शिक्षाका लागि मात्र वार्षिक तीन करोडभन्दा बढी खर्च गरिरहेको बताउँदै शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्री पन्तको ध्यानाकर्षण गराए।
समारोहलाई संविधानसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामश्वर फुयाँलले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने पूर्व विद्यार्थी तथा काठमाडौँ( ३ का पूर्व सांसद कृष्णबहादुर राई, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा, अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, शिक्षा क्षेत्रका विविन्न व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १६:५०
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर...
पौष १७ गते, २०८२ - १६:४०
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रने चेता...
पौष १७ गते, २०८२ - १६:२६
काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको संस्थापन पक्ष तयार नभए पनि आगामी पुस २७र२९ मा विशेष महाधिवेशन गर्ने निर्णय गर...
पौष १७ गते, २०८२ - १६:०८
मस्को। युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति खेरसन क्षत्रको क्याफे र होटललाई लक्षित गरी भएको ड्रोनले आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु हुनुका साथै ५० भ...
पौष १७ गते, २०८२ - १५:४२
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनावलाई शान्त पार्न जिल्ला प्रशा...
पौष १७ गते, २०८२ - १५:१९
ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु क...
पौष १७ गते, २०८२ - १४:५९
काठमाडौं । भदौ २३–२४ को जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। जाँचबुझ आयोगका...
पौष १७ गते, २०८२ - १४:४०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...
पौष १७ गते, २०८२ - १४:२४
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...
पौष १७ गते, २०८२ - १४:१९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...




प्रतिकृया लेख्नुहोस्: