काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्।
‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलको उजुरीमा भनिएको छ ।
आफूले नयाँ लिफ्ट जडान गरेकोप्रति विरोध गरेको नभई जडान गर्दा सार्वजनिक खरिद ऐन २०६३ को अनुसार बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा अपारदर्शी खरिद गरेर अनियमितता गरेकाले आपत्ति रहेको सफलले पत्रमा उल्लेख गरेका छन्।
‘सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आव्हान गर्नुपर्ने कुरा अनिवार्य नै हो। अत: तत्काल काठमाडौं महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडान सम्बन्धी टेन्डर बोलपत्र लगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण सो निर्माण स्वीकृत गर्दाका सम्पुर्ण फाइल भुक्तानी विवरण बिल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम् भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु,’ सफलले पत्रमा लेखेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८२ - १६:२७
काठमाडौं । रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफूहरूले धोका नदिएको स्पष्ट पारेका छन्। सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारक...
चैत्र २७ गते, २०८२ - १६:२२
काठमाडौं । कतारले रमजानको अवसरमा तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीका अनुसार कतारका ...
चैत्र २७ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिराव...
चैत्र २७ गते, २०८२ - १६:०८
काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रतिनिधि सभाको भवनमा बसेको...
चैत्र २७ गते, २०८२ - १५:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा सिंहदरबार नजान निर्देशन दिएको छ। ...
चैत्र २७ गते, २०८२ - १४:२६
काठमाडौं । शुक्रबार मन्त्री बन्न लागेका गौरीकुमारी यादव र रामजी यादवको शपथ ग्रहण आजै हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरि...
चैत्र २७ गते, २०८२ - १४:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौरीकुमारी यादवलाई उद्योग मन...
चैत्र २७ गते, २०८२ - १४:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। सिंहदर...
चैत्र २७ गते, २०८२ - १३:४९
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थल कार्यालयले एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन पुन: आग्रह गरेको छ। ...
चैत्र २७ गते, २०८२ - १३:२९
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी कार्यको नाममा प्रचार–प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामाथि कारबाही गर्...


प्रतिकृया लेख्नुहोस्: