काठमाडौं । हिंसात्मक विरोध प्रदर्शनका बीच अमेरिकाको दोस्रो ठूलो सहर लस एन्जलसमा कर्फ्यु लगाइएको छ। लस एन्जलसकी मेयर करेन बासले मंगलबार कर्फ्युको घोषणा गरेकी हुन्।
यसका साथै मेयर बासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छापा मार्ने काम रोक्न आग्रह गरेकी छन्। ‘मैले स्थानीय आपतकाल घोषणा गरेको छु र तोडफोड र लुटपाट रोक्न लस एन्जलसको सहरमा कर्फ्यु जारी गरेको छु’, मिडियालाई सम्बोधन गर्दै मेयर बासले भनिन्, ‘म डोनाल्ड ट्रम्पलाई छापा मार्ने काम रोक्न अपिल गर्छु।’
मेयर बासले कर्फ्यु मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म (स्थानीय समय) लागू हुनेछ। उनले भनिन्, ‘सहरको १ वर्गमाइल (२.५९ वर्गकिलोमिटर) क्षेत्रमा कर्फ्यु लागू हुनेछ। जसमा शुक्रबारदेखि विरोध प्रदर्शन भइरहेको क्षेत्र पनि समावेश छ।’
ट्रम्प प्रशासनले आप्रावासीविरुद्ध थालेको देश निकालापछि लस एन्जलसमा हिंसात्मक प्रदर्शन भइरहेको छ। सोही प्रदर्शनको फाइदा उठाउँदै केही समूहले लुटपाट मच्चाएका छन्।
मेयर बासका अनुसार सहरका २३ व्यावसायिक स्थानमा लुटपाटका घटना भएको जानकारी आएको छ। –एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - ०८:३१
काठमाडौं । जनकपुर क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान अघि बढेको छ। सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने माइस्थान–गौशाला–सम्स...
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...



प्रतिकृया लेख्नुहोस्: