Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कमलेश चौबे मुद्दा बालविवाह सजाय २ महिना १५ दिन कैद २५ हजार जरिबाना, पवित्र सहनी मुद्दा अपहरण, करणी प्रयास, हातहतियार,
जरिबाना २५ हजार, रिता देवी मुद्दा ज्यान मार्ने उद्योग जरिबाना ५ हजार, बाबूसाह राय यादव, ज्यान मार्ने उद्योग, ५ हजार, मनोज कुमार पटेल ,बैङ्किङ कसुर, जरिबाना ३ लाख २४ हजार, श्यामु परियार मुद्दा कुटपिट अभद्र व्यवहार सजायँ ३ महिना ३ दिन रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्। 

त्यस्तै पंकज कुमार झा ,कुटपिट, सजाँय ३ महिना, जरिबाना ४ हजार, चित्तन झा कुटपिट जरिबाना ४ हजार, सुरेन्द्र झा कुटपिट ४ हजार, लालबाबु साह कुटपिट अभद्र व्यवहार, ४ हजार, लक्ष्मी सहनी मल्लाह चोरी, सजाय १० दिन, रेखा पाठक चेक अनादर १० हजार, लालबहादुर खत्री, सरकारी कागज, सजायँ ३ महिना जरिबाना २ हजार, विक्रम कुमार यादव ज्यान मार्ने उद्योग, जरिवाना ३७ हजार ५००, अमर मियाँ, ज्यान मार्ने उद्योग, जरिवाना ३७ हजार ५०० रुपैयाँ रहेको प्रवक्ता तथा डिएसपी रायले जानकारी दिएका छन्।

जिल्लाको बिभिन्न स्थानबाट पक्राउ परेका प्रतिबादीहरुलाई कैद तथा जरिबाना असुलका लागि मंगलवार जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपी नेत्रमणि गिरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ र तस्करी नियन्त्रण गर्न जिल्लामा एउटा अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनकपुरमा ३५ दिने अल्टिमेटम : अब सडक अतिक्रमण हटाउन डोजर चल्ने तयारी

काठमाडौं । जनकपुर क्षेत्रमा सडक अतिक्रमण हटाउने अभियान अघि बढेको छ। सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने माइस्थान–गौशाला–सम्स...

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending