Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

फोहोरको स्रोतमा वर्गीकरण नहुँदा समस्या

खबरडबली संवाददाता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहोरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न नसकिएमा दिगो व्यवस्थापन गर्न नसकिने जनाएको छ ।  

कामपाले अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि सरोकारवालासँगको छलफलमा उक्त धारणा प्रस्तुत गरेको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले एक स्थानको फोहोर अर्को स्थानमा व्यवस्थापन गर्दैमा दिगो नहुने, त्यसका लागि स्रोतमा प्रभावकारी वर्गीकरण गर्नुपर्ने बताए ।  

कामपाले आर्थिक वर्ष २०७९/र०८० देखि हालसम्म विभिन्न स्वास्थ्य संस्थामा ९६ पटक हानिकारक फोहोर व्यवस्थापन अनुगमन गरेको जनाएको छ । कामपा वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार केही अस्पतालमा तीन पटकभन्दा बढी अनुगमन गरिएको छ । यसवर्ष पनि अस्पताल, क्लिनिक, पोलिक्लिनिक, डेन्टल क्लिनिक, आइभिएफ सेन्टरको अनुगमन गरिएको छ । अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये चालु आर्थिक वर्षमा अनुगमन भएका स्वास्थ्य संस्थाका प्रतिनिधि अनिवार्य समावेश हुने गरी सोमबारदेखि हानीकारक फोहर व्यवस्थापन र तरल फोहोर प्रशोधन प्रणालीका विषयमा प्रशिक्षण सुरु भएको छ । 

सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले घरघरमा औषधिजन्य फोहोरको मात्रा भेटिन थालेकाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत फोहोरबाट हुने जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला भएको बताए ।

प्रशिक्षणमा स्वास्थ्य संस्थाजन्य फोहोरको प्रकृति र व्यवस्थापन विधिका विषयमा प्रस्तुतीकरण गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले सावधानी र सचेतना भए स्रोतमै फोहोरको मात्रा घटाउन सकिने बताए।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य संस्थाबाट प्रति शय्या प्रतिदिन ०.९९ किलो देखि १.७३ किलोसम्म फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने सङ्क्रामक फोहोरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरिएमा जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्या आउने गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री पदबाट राजीनामा दिँदै जगदीश खरेल, रास्वपाबाट चुनाव लड्दै

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...

मधेशमा ६० प्रतिशतभन्दा बढी मत पाउने स्वर्णिम वाग्लेको विश्वास

जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ?

झलनाथ र बामदेव परेनन्

कमल थापालाई टिकट दिएपछि राप्रपाका युवा नेता कार्कीले छाडे पार्टी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...

स्याङ्जामा कांग्रेसबाट ढकाल र मल्ल उम्मेदवार

स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...

कांग्रेसले हिमाली जिल्लामा उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...

ओलीलाई योगेशको आग्रह: कुनै किचलो गर्दिनँ, उम्मेदवार मिलाउन सकिने क्षेत्रमा मिलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...

कांग्रेसको संसदीय बोर्ड बैठक बस्दै, सबै पक्षलाई मिलाएर टिकट वितरण गर्ने प्रयास

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending