Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

किन सक्रिय हुन सकेन मनसुन ? कहिले पर्छ पानी ?

खबरडबली संवाददाता

काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिए पनि कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन । पानी नपर्दा देशभर गर्मी बढेको छ ।

मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १६ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी सँगै प्रदुषण बढेको छ ।

तर अब मनसुनी वायु कोशी प्रदेशभन्दा पश्चिमतिर अघि नबढ्दा चर्किएको घामबाट एक/दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् ।

मनसुन किन निष्कृय ?

मनसुनी वायुका दुई वटा हाँगा हुन्छन् । एउटा अरब सागरबाट आउने र अर्को बंगालको खाडीबाट । नेपालमा बंगालको खाडीबाट मनसुनी वायु आउँछ ।

नेपालमा मनसुनी वायु भित्रिन बंगालको खाडीमा न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको अवस्था) बन्नुपर्छ । त्यसपछि न्यूनचापीय प्रणाली बनेको स्थानतिर हावा खिचिन्छ र त्यो हावा उत्तर–उत्तरपश्चिम दिशातिर मोडिँदै नेपाल आउँछ ।

तर बंगालको खाडीबाट आउने मनसुनी वायु पूर्वी एसियाली मुलुकतर्फ बनेको न्यून चापीय क्षेत्रले खिचेपछि नेपालमा मनसुन सक्रिय हुन समय लागेको हो ।

‘तर न्यूनचापीय प्रणाली इस्ट एसियाको फिलिपिन्स, ताइवानतिर बनेकाले हावा त्यतैतिर खिचिएको थियो । त्यसैले बंगालको खाडीबाट नेपालतिर नमोडिएर मनसुनी वायु सिधै उतैतिर गएको थियो,’ नेपालमा मनसुनी वायु कमजोर हुनुको कारणबारे मौसमविद गोविन्द झाले भने ।

अब कहिले सक्रिय हुन्छ मनसुन ?

मौसमविदहरु अब मनसुन कहिलेखि सक्रिय हुन्छ भनेर एकिनका साथ भन्न सक्दैनन् । तर केही दिनपछि देशभर वर्षा हुने सम्भावना भने औंल्याएका छन् ।

पूर्वी एसियातिर मोडिएको प्रणालीको केही भाग नेपालतर्फ फर्किने सम्भावना देखिएको र पश्चिमी वायुको समेत प्रभावले पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले बताए । ‘बंगालको खाडीमा लो प्रेसर सिस्टम बनेको छ, मध्य भारतमा अर्को प्रणाली विकसित भएको छ र इस्ट एसियातिर गएको मनसुनी वायुको केही भाग नेपाल तिर पनि सोझिएको छ,’ मौसमविद झा भन्छन्, ‘पश्चिमी वायुको पनि प्रभाव भएकाले अबको केही दिन नेपालमा राम्रै वर्षा हुने सम्भावना देखिन्छ ।’

‘बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले केही दिनमा पानी जलवाष्पयुक्त वायु भारततिर फ्याँक्न थाल्छ । अलि–अलि नेपालमा पनि आउछ,’ मौसमविद झाले भने, ‘भोलि–पर्सिदेखि नै प्रभाव देखिन थाल्छ ।’

त्यसको प्रभावले बादल लाग्ने र पानी पर्ने हुँदा गर्मीबाट राहत मिल्ने मौसमविद झाको भनाइ छ । त्यसको संकेत आजैदेखि देखिएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहितका केही भागमा बादल लागेको छ ।

साथै आज बिहानदेखि सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकसित भई दक्षिण–पूर्व दिशामा फैलिरहेको छ । सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । मौसमविद झा भन्छन्, ‘अबका केही दिन मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेला पानी पर्ने सम्भावना छ ।’

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख भए पनि २०८१ सालमा जेठ २८ गते (१० जुन) र २०८० सालमा जेठ ३१ गते (१४ जुन) मा भित्रिएको थियो । केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमा समेत सरदरभन्दा बढी वर्षा र गर्मी हुने संकेत देखिनुलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending