Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

किन सक्रिय हुन सकेन मनसुन ? कहिले पर्छ पानी ?

खबरडबली संवाददाता

काठमाडौं । यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै नेपालमा मनसुन भित्रिए पनि कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी पर्न सकिरहेको छैन । पानी नपर्दा देशभर गर्मी बढेको छ ।

मौसमविदहरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिनुपर्छ । तर, मनसुन भित्रिएको जेठ १६ गतेदेखि आज जेठ २७ गतेसम्म (१२ दिनको अवधिसम्म) पनि पश्चिमी वायु शक्तिशाली छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी सँगै प्रदुषण बढेको छ ।

तर अब मनसुनी वायु कोशी प्रदेशभन्दा पश्चिमतिर अघि नबढ्दा चर्किएको घामबाट एक/दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् ।

मनसुन किन निष्कृय ?

मनसुनी वायुका दुई वटा हाँगा हुन्छन् । एउटा अरब सागरबाट आउने र अर्को बंगालको खाडीबाट । नेपालमा बंगालको खाडीबाट मनसुनी वायु आउँछ ।

नेपालमा मनसुनी वायु भित्रिन बंगालको खाडीमा न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको अवस्था) बन्नुपर्छ । त्यसपछि न्यूनचापीय प्रणाली बनेको स्थानतिर हावा खिचिन्छ र त्यो हावा उत्तर–उत्तरपश्चिम दिशातिर मोडिँदै नेपाल आउँछ ।

तर बंगालको खाडीबाट आउने मनसुनी वायु पूर्वी एसियाली मुलुकतर्फ बनेको न्यून चापीय क्षेत्रले खिचेपछि नेपालमा मनसुन सक्रिय हुन समय लागेको हो ।

‘तर न्यूनचापीय प्रणाली इस्ट एसियाको फिलिपिन्स, ताइवानतिर बनेकाले हावा त्यतैतिर खिचिएको थियो । त्यसैले बंगालको खाडीबाट नेपालतिर नमोडिएर मनसुनी वायु सिधै उतैतिर गएको थियो,’ नेपालमा मनसुनी वायु कमजोर हुनुको कारणबारे मौसमविद गोविन्द झाले भने ।

अब कहिले सक्रिय हुन्छ मनसुन ?

मौसमविदहरु अब मनसुन कहिलेखि सक्रिय हुन्छ भनेर एकिनका साथ भन्न सक्दैनन् । तर केही दिनपछि देशभर वर्षा हुने सम्भावना भने औंल्याएका छन् ।

पूर्वी एसियातिर मोडिएको प्रणालीको केही भाग नेपालतर्फ फर्किने सम्भावना देखिएको र पश्चिमी वायुको समेत प्रभावले पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले बताए । ‘बंगालको खाडीमा लो प्रेसर सिस्टम बनेको छ, मध्य भारतमा अर्को प्रणाली विकसित भएको छ र इस्ट एसियातिर गएको मनसुनी वायुको केही भाग नेपाल तिर पनि सोझिएको छ,’ मौसमविद झा भन्छन्, ‘पश्चिमी वायुको पनि प्रभाव भएकाले अबको केही दिन नेपालमा राम्रै वर्षा हुने सम्भावना देखिन्छ ।’

‘बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले केही दिनमा पानी जलवाष्पयुक्त वायु भारततिर फ्याँक्न थाल्छ । अलि–अलि नेपालमा पनि आउछ,’ मौसमविद झाले भने, ‘भोलि–पर्सिदेखि नै प्रभाव देखिन थाल्छ ।’

त्यसको प्रभावले बादल लाग्ने र पानी पर्ने हुँदा गर्मीबाट राहत मिल्ने मौसमविद झाको भनाइ छ । त्यसको संकेत आजैदेखि देखिएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहितका केही भागमा बादल लागेको छ ।

साथै आज बिहानदेखि सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकसित भई दक्षिण–पूर्व दिशामा फैलिरहेको छ । सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक-दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ । मौसमविद झा भन्छन्, ‘अबका केही दिन मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेला पानी पर्ने सम्भावना छ ।’

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुने गरेको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख भए पनि २०८१ सालमा जेठ २८ गते (१० जुन) र २०८० सालमा जेठ ३१ गते (१४ जुन) मा भित्रिएको थियो । केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्र संकटमा परिरहेका बेला यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमा समेत सरदरभन्दा बढी वर्षा र गर्मी हुने संकेत देखिनुलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाः डिजेबाट सुरु भएको विवाद कसरी साम्प्रदायिक हिंसामा बदलियो ?

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...

कुलो मर्मत नगरेपछि किसानको आक्रोश, जलविद्युत् उत्पादन नै बन्द गराए

पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending