Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

खबरडबली संवाददाता

काठमाडौँ । नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा। जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन ९मेल टु फिमेल० सम्पन्न गरिएको जानकारी दिए ।  

पाडा। श्रेष्ठले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यक्रिया गरेको बताए। विदेशी प्लाष्टिक सर्जन डा। अलरिजा हामीदियान जारोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा। जयन मान श्रेष्ठको संयोजकत्वमा ६ घण्टा लगाएर उक्त शल्यक्रिया गरिएको हो ।

डा. श्रेष्ठका अनुसार पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको छ। यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। 

अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका लिङ्ग पुष्टि गर्ने शल्यक्रिया गरेको उनको भनाइ छ । यो शल्यक्रिया गर्न विदेश जानुपर्ने बाध्यताका कारण धेरै खर्चिलो थियो । 

नेपालमै यो सुविधा उपलब्ध भएपछि  ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने डा। श्रेष्ठको विश्वास छ । डा. श्रेष्ठका अनुसार अस्पतालमा उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख खर्चमा गर्न सकिने डा। श्रेष्ठको भनाइ छ ।  अस्पतालका प्लाष्टिक सर्जन प्राडा। ईश्वर लोहानीले अबदेखि अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्ने जानकारी दिए ।

उनी भन्छन्, ‘कुनै पनि सेवा पहिलोपटक सुरु गर्नु ठुलो कुरा होइन । यो सेवालाई निरन्तरता दिने कुरा हो । सोही कुरालाई मध्यनजर गर्दै अस्पतालले यो सम्बन्धी ठुलो टिम बनाएर जेन्डर एफर्मिङ क्लिनिक स्थापना गरेर सेवा दिने सोच बनाएका छौँ ।’

लिङ्ग परिवर्तन शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिको लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने एक महत्वपूर्ण उपायमध्ये एक हो । धेरै ट्रान्सजेन्डरले यो शल्यक्रिया गर्ने जरुरी नठाने पनि केही ट्रान्सजेन्डरले  शल्यक्रियापछि आफू सम्पूर्ण  रुपमा परिवर्तित लैङ्गिक पहिचानको पाएको महशुस गर्ने विश्वास गरिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दर्जनभन्दा बढी बैंकले ब्याजदर घटाए, कसको कति ?

काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...

एमाले महाधिवेशनमा सहभागीलाई ब्रेड–फलफूलदेखि मासु–भातसम्मको व्यवस्था

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...

निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको प्रमुख दायित्व : गृहमन्त्री अर्याल

पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...

सुनको भाउ २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending