काठमाडौँ । नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा। जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन ९मेल टु फिमेल० सम्पन्न गरिएको जानकारी दिए ।
पाडा। श्रेष्ठले जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा लिङ्ग परिवर्तन शल्यक्रिया गरेको बताए। विदेशी प्लाष्टिक सर्जन डा। अलरिजा हामीदियान जारोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा। जयन मान श्रेष्ठको संयोजकत्वमा ६ घण्टा लगाएर उक्त शल्यक्रिया गरिएको हो ।
डा. श्रेष्ठका अनुसार पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको छ। यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
अस्पतालको प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका लिङ्ग पुष्टि गर्ने शल्यक्रिया गरेको उनको भनाइ छ । यो शल्यक्रिया गर्न विदेश जानुपर्ने बाध्यताका कारण धेरै खर्चिलो थियो ।
नेपालमै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्ने डा। श्रेष्ठको विश्वास छ । डा. श्रेष्ठका अनुसार अस्पतालमा उक्त शल्यक्रिया डेढ लाखदेखि दुई लाख खर्चमा गर्न सकिने डा। श्रेष्ठको भनाइ छ । अस्पतालका प्लाष्टिक सर्जन प्राडा। ईश्वर लोहानीले अबदेखि अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्ने जानकारी दिए ।
उनी भन्छन्, ‘कुनै पनि सेवा पहिलोपटक सुरु गर्नु ठुलो कुरा होइन । यो सेवालाई निरन्तरता दिने कुरा हो । सोही कुरालाई मध्यनजर गर्दै अस्पतालले यो सम्बन्धी ठुलो टिम बनाएर जेन्डर एफर्मिङ क्लिनिक स्थापना गरेर सेवा दिने सोच बनाएका छौँ ।’
लिङ्ग परिवर्तन शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिको लागि आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्ने एक महत्वपूर्ण उपायमध्ये एक हो । धेरै ट्रान्सजेन्डरले यो शल्यक्रिया गर्ने जरुरी नठाने पनि केही ट्रान्सजेन्डरले शल्यक्रियापछि आफू सम्पूर्ण रुपमा परिवर्तित लैङ्गिक पहिचानको पाएको महशुस गर्ने विश्वास गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १७:५२
कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...
श्रावण १३ गते, २०८३ - १७:३९
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...
श्रावण १३ गते, २०८३ - १७:३०
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...
श्रावण १३ गते, २०८३ - १७:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...
श्रावण १३ गते, २०८३ - १६:४६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
श्रावण १३ गते, २०८३ - १५:५९
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...
श्रावण १३ गते, २०८३ - १५:५३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...
श्रावण १३ गते, २०८३ - १५:४३
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...
श्रावण १३ गते, २०८३ - १५:२९
काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...
श्रावण १३ गते, २०८३ - १४:५७
काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...



प्रतिकृया लेख्नुहोस्: