काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी अन्तिम अन्तिम चरणमा पुगेको छ । ६ दिनदेखि जारी राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भएको भएको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्न चाहेका थिए । बिहीबारको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले आफूलाई महासचिव दिनुपर्ने माग राखेका थिए । तर, अहिले आएर उनको समूहबाट अध्यक्षका दाबेदार नवराज ऐरलाई उपाध्यक्ष दिने तथा अध्यक्ष र महासचिव आफ्नै समूहबाट बनाउने तयारी प्रचण्डले गरेको स्रोतले बतायो ।
अध्यक्षमा प्रचण्ड समूहबाट तीन जना आकांक्षी थिए । अध्यक्षका आकांक्षी केयरसिंह कुँवरलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर, उनले वाईसीएलको अध्यक्ष हुने भन्दै अरुलाई नेतृत्व नछोड्ने अडान राख्दा एक दिन सम्मेलन लम्बिएको थियो । शुक्रबार प्रचण्डले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन मात्र दिएका छैनन्, अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम पठाएको स्रोतको दाबी छ । सर्वसम्मत वाईसीएलको नेतृत्वका लागि प्रचण्डले अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा नवराज ऐर र डम्बर पुलामी तथा महासचिवमा गणेश शाहीको नाम पठाएको अध्यक्ष निकट स्रोतले बतायो ।
अन्य पदाधिकारी छान्न उपमहासचिव शक्ति बस्नेत, वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुवोध शेर्पालीले तयारी थालेका छन् ।त्यसकै लागि अहिले बन्दसत्र ३ घण्टाका लागि स्थगित गरिएको छ । तीन दिनसम्म निरन्तर सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि पार्टी अध्यक्षले नै अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम पठाएको र ती नाममा सहमति गर्न निर्देशन दिएको वाईसीएलका एक प्रतिनिधिले बताए । ‘तीन दिनसम्म निरन्तर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भयो । तर, पार्टी र वाईसीएलका नेताहरूले भनेको कसैले नमानेपछि सिधै हेडक्वार्टरबाट नाम पठाएका हुन् । अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको नामावली तयार हुँदै छ । आज नै नयाँ नेतृत्व सर्वसम्मत चयन हुनेछ,’ उनले भने ।
बिहीबार दिनभरि पनि नेतृत्वले आकांक्षीसँग बसेर छलफल चलाएको थियो । तर, कोही पनि आफ्नो अडानबाट पछाडि हट्न तयार भएनन् । दिनदिनै छलफल गर्दा पनि सहमति नभएपछि हेडक्वार्टरले नाम पठाएर नेतृत्वका लागि सहमति गर्न निर्देशन दिएका छन् । ओली अध्यक्ष, पुलामी र ऐर उपाध्यक्ष तथा शाही महासचिव हुने पक्कापक्की भएको स्रोत बताउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: