Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

वाईसीएलको अध्यक्षमा ओली पक्का, को बन्दै छ उपाध्यक्ष ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी अन्तिम अन्तिम चरणमा पुगेको छ । ६ दिनदेखि जारी राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भएको भएको हो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्न चाहेका थिए । बिहीबारको पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले आफूलाई महासचिव दिनुपर्ने माग राखेका थिए । तर, अहिले आएर उनको समूहबाट अध्यक्षका दाबेदार नवराज ऐरलाई उपाध्यक्ष दिने तथा अध्यक्ष र महासचिव आफ्नै समूहबाट बनाउने तयारी प्रचण्डले गरेको स्रोतले बतायो ।

अध्यक्षमा प्रचण्ड समूहबाट तीन जना आकांक्षी थिए । अध्यक्षका आकांक्षी केयरसिंह कुँवरलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए । तर, उनले वाईसीएलको अध्यक्ष हुने भन्दै अरुलाई नेतृत्व नछोड्ने अडान राख्दा एक दिन सम्मेलन लम्बिएको थियो । शुक्रबार प्रचण्डले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन मात्र दिएका छैनन्, अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम पठाएको स्रोतको दाबी छ । सर्वसम्मत वाईसीएलको नेतृत्वका लागि प्रचण्डले अध्यक्षमा पुष्प ओली, उपाध्यक्षमा नवराज ऐर र डम्बर पुलामी तथा महासचिवमा गणेश शाहीको नाम पठाएको अध्यक्ष निकट स्रोतले बतायो । 

अन्य पदाधिकारी छान्न उपमहासचिव शक्ति बस्नेत, वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुवोध शेर्पालीले तयारी थालेका छन् ।त्यसकै लागि अहिले बन्दसत्र ३ घण्टाका लागि स्थगित गरिएको छ । तीन दिनसम्म निरन्तर सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि पार्टी अध्यक्षले नै अध्यक्ष, उपाध्यक्ष र महासचिवको नाम पठाएको र ती नाममा सहमति गर्न निर्देशन दिएको वाईसीएलका एक प्रतिनिधिले बताए । ‘तीन दिनसम्म निरन्तर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भयो । तर, पार्टी र वाईसीएलका नेताहरूले भनेको कसैले नमानेपछि सिधै हेडक्वार्टरबाट नाम पठाएका हुन् । अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको नामावली तयार हुँदै छ । आज नै नयाँ नेतृत्व सर्वसम्मत चयन हुनेछ,’ उनले भने ।

बिहीबार दिनभरि पनि नेतृत्वले आकांक्षीसँग बसेर छलफल चलाएको थियो । तर, कोही पनि आफ्नो अडानबाट पछाडि हट्न तयार भएनन् । दिनदिनै छलफल गर्दा पनि सहमति नभएपछि हेडक्वार्टरले नाम पठाएर नेतृत्वका लागि सहमति गर्न निर्देशन दिएका छन् । ओली अध्यक्ष, पुलामी र ऐर उपाध्यक्ष तथा शाही महासचिव हुने पक्कापक्की भएको स्रोत बताउँछ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हात्ती धपाउन बिछ्याइएको तारमा करेन्ट ग्लादा एकजनाको मृत्यु

झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...

तीन महिनादेखि फरार ज्यान मार्ने उद्योगका प्रतिवादी पक्राउ

पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...

तीन दिनसम्म वर्षाको चेतावनी, चार प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...

कर्णाली राजमार्गमा ठूलो पहिरो, सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै रोकिए

कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पाल्पा  । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्था र संसद्को कामकारबाहीबारे छलफल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...

चिकित्सक–सरकार सहमति : आन्दोलन फिर्ता, सुरक्षा ऐन संशोधनदेखि नयाँ कार्यदल गठनसम्म ५ बुँदे सहमति

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...

सुनसरी घटनामा मन्त्रिपरिषद् मौन, निर्णयबारे सरकार चुप !

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending