काठमाडौं । चैते धानको समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन् । सरकारले चैते धानको समर्थन मूल्य २ हजार ८७९ रुपैयाँ तोकेको भए पनि त्यहाँका किसानले उक्त रकम नपाएको बताएका हुन् ।
अहिले चितवनका किसानहरुले चैते धान १ हजारदेखि १ हजार ८०० सम्ममा बेच्नु परिरहेको छ । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् । जिल्लाको खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन् । दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धान खेती नगर्ने निर्णयमा छन् ।
समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उनले बताए । राप्ती नगरपालिका–५ का धर्मराज कँडेल पनि धानको मूल्य नपाएपछि निराश छन् । जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेलले धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिए ।
पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धान खेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए। स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धान खेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: