काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “नेपाली जनताले गरेका थुप्रै ऐतिहासिक जनसङ्घर्ष, जनआन्दोलन, सामाजिक तथा सांस्कृतिक आन्दोलनले जातीय विभेद र छुवाछूत प्रथा उन्मूलनका लागि थुप्रै कानुनी व्यवस्था भएका छन्, तर समाजमा रहेको परम्परागत सोच, अशिक्षा, संस्कार र धर्मका नाममा जातीय भेदभाव र छुवाछूत पूर्णरुपमा उन्मूलन भएको छैन ।”
नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने सङ्कल्प राखेको अध्यक्ष दाहालको भनाइ छ ।
उनले दिवससँगै सबैलाई जातको आधारमा हुने सबैखाले विभेद अन्त्य गर्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे । विसं २०६३ जेठ २१ गतेका दिन सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ ।
यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानवअधिकारको प्रवर्द्धन गर्ने अवसर भएको उल्लेख गर्दै जातीय विभेद र छुवाछूत विरुद्ध सङ्घर्ष गर्ने दायित्व केवल दलित समुदायको मात्र होइन, सम्पूर्ण मानव समुदायको साझा दायित्व र जिम्मेवारी हो, त्यसले मात्रै विभेदरहित न्यायपूर्ण, समावेशी र समतामूलक समाज निर्माण सम्भव हुने उनको भनाइ छ । “जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सभ्य, उन्नत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु”, उनले भनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - १९:२१
काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...
चैत्र १७ गते, २०८२ - १९:१९
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...
चैत्र १७ गते, २०८२ - १९:१७
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...
चैत्र १७ गते, २०८२ - १९:१५
काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...
चैत्र १७ गते, २०८२ - १९:१४
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामि...
चैत्र १७ गते, २०८२ - १९:१२
टोकियो । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गरेको छ। अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अ...
चैत्र १७ गते, २०८२ - १९:०९
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको रायअनुस...
चैत्र १७ गते, २०८२ - १९:०६
काठमाडौँ । भक्तपुर र महोत्तरीमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी, कपिलवस्तु र धनुषामा डुबेर दुई जनाक...
चैत्र १७ गते, २०८२ - १९:०३
काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । ...
चैत्र १७ गते, २०८२ - १९:०२
काठमाडौं । रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिठ्ठा लव कुमार सिंह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिठ्ठा सिंहलाई ५० हजार...


प्रतिकृया लेख्नुहोस्: