Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

प्रेस चौतारीद्दारा फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार घोषणा

खबरडबली संवाददाता

महोत्तरी । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले स्वर्गीय पत्रकार फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेको छ । प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको बिहीबार बर्दिबासमा सम्पन्न पहिलो बैठकले महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष हुन् । उनको बैशाख ३० गते अल्पायुमा निधन भएको थियो । महतको स्मृतिमा स्थापना गरिएको २५ हजार राशीको उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गरिने प्रदेश समितिका अध्यक्ष लालबाबु शेखले जानकारी दिएका छन् ।

उक्त पुरस्कारका लागि प्रेस चौतारीले अक्षय कोष समेत स्थापना गर्ने भएको छ । कोषलाई सबल बनाउन अध्यक्ष शेखले मधेशका प्रत्येक जिल्लाले ५० हजार र प्रदेश समितिले एक लाख सहयोग गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बैठकले ताली बजाएर अनुमोदन गरेको थियो । कोषलाई थप व्यवस्थित बनाउन पहल गरिने समेत शेखले बताएका छन् ।

यसैगरी, प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिले फागुनमा मधेश सञ्चार सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलन वीरगन्जमा आयोजना हुने केन्द्रीय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले जानकारी दिए ।

सञ्चार सम्मेलनसंगै चौतारीले प्रशिक्षण वर्षलाई सफल बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने र मधेश प्रदेश भित्र प्रेस चौतारीको वैचारिक यात्रा समेत गर्ने भएको छ । चौतारी मधेश प्रदेशले एक वर्षे कार्ययोजना बनाएर अघि बढेको र वार्षिक कार्ययोजना उत्साहजनक ढंगले सफल बनाउने इन्चार्ज पौडेलको भनाई थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामासहित चौतारीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्ष, चौतारीका अग्रज व्यक्तित्वको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी मधेश प्रदेश समितिका अध्यक्ष शेखको अध्यक्षतामा सम्पन्न बैठकको सहजीकरण प्रदेश महासचिव दिवाकर भण्डारीले गरेका थिए । बैठकमा केन्द्रीय सदस्य सुनिता कुमारीले स्वागत मन्तव्य राखेकी थिईन् ।

प्रेस चौतारी नेपालको टोलीद्धारा स्वर्गीय फणिदेव महतको परिवारसंग भेट

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको नेतृत्वको टोलीले स्वर्गीय फणिदेव महतको परिवारलाई भेटेर समवेदना व्यक्त गरेको छ । बर्दिबासमा आयोजित मधेश प्रदेश बैठक सकेर प्रेस चौतारी नेपालको टोली रौतहट पुगेर परिवारसंग भेट गरेको हो ।

भेटका क्रममा केन्द्रीय अध्यक्ष पाण्डेले महतकी पत्नी सुनन्दालाई समवेदना व्यक्त गरेका थिए । पाण्डेले महतका दुई छोराको शिक्षाका लागि संगठनले आवश्यक पहल गर्ने समेत बताए । सो क्रममा अध्यक्ष पाण्डेले मधेश प्रदेशको पहिलो बैठकमा संकलन भएको ६० हजार रकम महत पत्नी सुनन्दालाई हस्तान्तरण गरेका छन् ।

भेटका क्रममा महासचिव हिरामान लामा, मधेश इन्चार्ज अच्युत पौडेल, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, कोषाध्यक्ष अनिल गौरव, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य रमेश सुवेदी, रमेश तिमिल्सिना, सुमन ढुंगाना, इन्दीप कोइराला, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, महासचिव दिवाकर भण्डारी, सचिव श्याम कुशवाहा, ग्यासु मियाँ देवान, कोषाध्यक्ष जितेन्द्र साह, रौतहट जिल्ला अध्यक्ष अशोक पहाडी, बारा अध्यक्ष थानेश्वर सापकोटालगायत उपस्थित थिए ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending