हुम्ला। नाम्खा गाउँपालिका–६ तिल गाउँका स्थानीय बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् । जेठ १ गते आएको बाढीले खानेपानी, घर, पुल, सिँचाइ र जलविद्युत् आयोजना क्षति पुर्यानुका साथै १८ परिवार घर छोडेर खुल्ला आकाश मुनिको त्रिपालमुनि बस्न बाध्य भएका हुन् ।
गाउँभन्दा माथिको हिमताल भासिएर लेदोसहितको बाढीले खानेपानीको संरचनामा समेत क्षति पुर्याएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।
गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि एक हप्तादेखि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको नाम्खा गाउँपालिका– ६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गुनासो गरे ।
‘‘कतिबेला धमिलो पानी आउँछ, कतिबेला सफा आउँछ,’’ लामाले भन्नुभयो, ‘‘पानी त खानै पर्यो ।’’ झण्डै एक सातादेखि खोलाको धमिलो पानी खान बाध्य भएको अर्का स्थानीय सोनाम साङमु लामाले बताए । धमिलो खानेपानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको लामाको भनाइ छ ।
हुम्लाको तिलगाउँमा जेठ १ गते राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयका घर, पुल, लघु जलविद्युत् आयोजना र खानेपानी, उवा र आलु खेतीलगायतका संरचनामा क्षति पुगेको छ । बस्ती जोखिममा परेपछि तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा त्रिपालमुनि बस्नु पर्ने बाध्यता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १७:२०
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...
चैत्र १ गते, २०८२ - १७:१४
सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...
चैत्र १ गते, २०८२ - १६:५५
काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...
चैत्र १ गते, २०८२ - १६:४०
भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...
चैत्र १ गते, २०८२ - १६:२८
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...
चैत्र १ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...
चैत्र १ गते, २०८२ - १६:०५
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...
चैत्र १ गते, २०८२ - १६:००
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...
चैत्र १ गते, २०८२ - १५:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...
चैत्र १ गते, २०८२ - १५:४३
पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...


प्रतिकृया लेख्नुहोस्: