Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रुप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ  ।

शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको  क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल ९क्यान्सरको एक लक्षण० देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो ।

“पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ । राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन् । लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई ‘दु:खी’ बनाएको बताएको छन् ।

“हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उनकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ,” ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भनेको छन् ।

“जो एक लडाकु हुन्,” बाइडेनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्नेछन् भन्ने सुभेक्षा प्रकट गरेको छन् । ह्यारिसले गत वर्षको राष्ट्रपतीय चुनावबाट बाइडेनले नाम फिर्ता लिएपछि ट्रम्पविरुद्धको लडाइँमा राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवारका रुपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको थिए ।

“मलाई थाहा छ, उहाँले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्नुहुनेछ जसले सधैँ उनको जीवन र नेतृत्वलाई परिभाषित गरेको छ। हामी पूर्ण र शीघ्र स्वास्थ्यलाभको लागि कामना गर्दछौँ,” उनले भने ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।

यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ ।

हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या (रोग) पूर्णरूपमा निको पार्ने विधि होइन ।

विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ । बाइडनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ ।

‘मलाई हेर्नुहोस्’

बाइडनले यसै वर्षको जनवरीमा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपतिका रूपमा पद छोडेको थिए । उनको कार्यकालको अधिकांश समय उहाँको स्वास्थ्य र उमेरलाई लिएर डेमोक्र्याट मतदातालगायत अन्य अमेरिकीहरूले वृद्ध नेताले कार्यभार सम्हाल्नु सम्भव होला भन्ने आँकलनबिच आफ्नो कार्यकाल सकुशल पूरा गर्दै उनले आफ्नो स्थानमा राष्ट्रपतिको उम्मेदवारका रूपमा पूर्व राष्ट्रपति कमला ह्यारिसलाई अघि सार्दै सक्रिय राजनीतिबाट बिदा लिएको थिए ।

राजनीतिबा विश्राम दिनुभन्दा पहिले उनीमाथि लागेको आरोपबारे उहाँले कडारूपमा भन्ने गर्थे, “मलाई हेर्नुहोस् ।”

गत वर्षको जुलाईमा ट्रम्पविरुद्धको विनाशकारी बहसमा उनको संज्ञानात्मक क्षमताको डर बाहिर आएपछि उहाँको पराजय हुने डरले उनलाई आफ्नै कार्यकर्ता तथा नेताहरूबाट राष्ट्रपतिमा दोस्रोपटक  निर्वाचित हुने लालसा त्याग्न भनिएको थियो र अन्तत: उनले सक्रिय राजनीतिक यात्राबाट विश्राम लिएको थिए ।

ह्यारिसले राष्ट्रपतिको उम्मेदवारका रूपमा पाइला टेकेपछि राष्ट्रपतिको उम्मेदवारका रूपमा बाइडेनको तुलनामा उहाँको पक्षमा समर्थन चुलिएको थियो । तर अन्तत: उहाँ ट्रम्पसँग पराजित भएको थियो । 

सन् २०२० को चुनावमा ट्रम्पलाई पराजित गरेका बाइडेनले सन् २०२४ को चुनावमा पनि आफूले जित्न सक्ने दाबी गर्नुभएको थियो तर उहाँको पतनमा उनकै ९राष्ट्रपति कार्यालयका० कर्मचारी र प्रमुख डेमोक्र्याट नेताहरूको प्रतिक्रियामाथि लामो समयदेखि प्रश्न उठिरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीबाट बर्खास्त भएपछि पत्नीको प्रतिक्रिया: अब यो देशमा सुशासन कसले ड्राइभ गर्ने हो?

काठमाडौं । श्रममन्त्री पदबाट बर्खास्त भएका दिपक साहकी पत्नी जुनु श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छन् । उनले आफ्ना श्रीमानमाथि अन्याय भएको ...

जनताको सन्तुष्टिलाई ध्यान दिएर सेवा प्रवाह गर्न सभामुख अर्यालको आग्रह

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छन् । नेपाल नगरपालिका स...

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध करिब आठ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध सात करोड ७८ लाख ६८ हजार ९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनु...

५० उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले अन्तर–मन्त्रालय सर...

सैनिक आचरण भित्र रहन नवआयुक्त अधिकृतलाई प्रधानमन्त्री शाहको निर्देशन

भक्तपुर। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गरेको छ...

पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन प्रशासनको आग्रह

हेटौँडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी गरिएको सूचनामा प्रशासनले अत...

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ । सरकारले सोही मितिबाट शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेपछि...

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचा...

मूल्य चापबिच मल अनुदान बढाउँदै भारत

नयाँदिल्ली। मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनी...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दर्ता गर्‍यो, रास्वपासँग सहमति भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीले उपसभामुखको उम्मेदवारी रास्वपा ९राष्ट्रिय स्वतन्त्र पार्टी०सँगको सहमतिमै दर्ता गर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending