Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

कांग्रेस–एमाले गठबन्धन कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने

खबरडबली संवाददाता

काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ ।  त्यसपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि कुन दल ठूूलो दलको रूपमा आउँछ भन्ने तय हुनेछ ।

५९ सदस्यीय राष्ट्रिय सभा स्थायी सदन हो । जहाँ एकतिहाइ सदस्यका लागि प्रत्येक दुईरदुई वर्षमा निर्वाचन हुन्छन् । एकतिहाइ सदस्य बिदा भएर जाने र एकतिहाइ सदस्य नयाँ निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ ।

यही व्यवस्था अनुसार २०७६ साल माघमा भएको चुनावबाट निर्वाचित १९ सदस्यहरू आगामी फागुनमा कार्यकाल सकिएर बिदा हुँदैछन् । हाल माओवादी राष्ट्रिय सभामा १७ सांसदसहित सबैभन्दा ठूलो दल छ । वर्तमान सत्ता गठबन्धन कायम रहे माओवादीले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीका राष्ट्रिय सभा सदस्य जिताउन गाह्रो पर्नेछ ।

त्यसो हुँदा माओवादी १७ बाट १० सांसद संख्यामा झर्न सक्छ । संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदाता प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहन्छन् ।

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुन्छ । प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख अधिकांश कुनै न कुनै राजनीतिक दल आवद्ध छन् । जसमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेका ज्यादा छन् ।

कांग्रेस र एमाले मिल्दा अर्को दलको कुनै व्यक्ति राष्ट्रिय सभामा आउन मुस्किल छ । यस्तोमा वर्तमान सत्ता गठबन्धन कायम रहे आगामी फागुनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दलबाट खुम्चिन सक्ने नेताहरू बताउँछन् ।

हाल राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादी पार्टी नेपालका ३, लोकतान्त्रिक समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र ३ जना मनोनीत सांसद छन् । यसमध्ये १९ जनाको कार्यकाल सकिएर नयाँ आउने हुन् ।

बिदा हुन लागेका राष्ट्रिय सभा सदस्यहरूमा नेकपा एमालेका ८ जना, नेकपा माओवादी केन्द्रका ७ जना, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ जना रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संखुवासभामा जीप दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१, नुनढाकीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीनजना घाइते भएका छन् ।   चैनपु...

पर्यटक र बीमा ठगीको जालो: ‘फेक रेस्क्यू’ काण्डमा ६ ट्राभल व्यवसायी पक्राउ

काठमाडौँ। हिमाल, साहसिक पर्यटन र उद्धारको नाममा गरिएको ठगीको गम्भीर काण्डमा नेपाल प्रहरीले ठूलो कारबाही अघि बढाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

तारको झन्झट अन्त्यतर्फ विज्ञानको फड्को: हावाबाटै बग्ने बिजुलीको युग नजिकिँदै

काठमाडाैं । घर–घरमा फैलिएका तार, पोल र केबल बिना पनि बिजुली पुग्न सक्छ — यो कुरा अहिलेसम्म कल्पनाजस्तै लाग्थ्यो। तर फिनल्याण्डका वैज्ञानिकहरूको पछिल्ल...

राष्ट्रियसभा निर्वाचनः मधेशमा ९३.६८ प्रतिशत मतदान, तर किन अनुपस्थित भए २२ जनप्रतिनिधि?

जनकपुरधाम। राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा उच्च मतदान दर देखिएको छ। कुल ३६४ मतदाता रहेको मधेश प्रदेशमा ३४१ मत खसेको छ, जसअनुसार मतदा...

मानिस कि जंगल ? बालेन शाहको प्रस्ताव—वनछेउका बस्ती सार्ने सरकारी नीति चाहिन्छ

काठमाडौँ। वनजंगल जोगाउने कि मान्छेलाई जोखिममा राख्ने ? यही प्रश्नको बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले वनछेउका बस्ती स्थानान्तरण...

आगोले रोकेको मुद्दा फेरि अघि बढ्दै: नक्कली भुटानी शरणार्थी प्रकरणका मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ। दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन नक्कली भुटानी शरणार्थी प्रकरण अन्तिम सुनुवाइको चरणमा प्रवेश गर्ने तयारीमा देखिएको छ। यसका लाग...

हतियार प्रदर्शन गर्ने दुई जना प्रहरीको नियन्त्रणमा

काठमाडाैं ।  सामाजिक सञ्जालका लागि भिडियो निर्माण गर्ने बहानामा हतियारजस्ता वस्तु प्रदर्शन गर्दै सार्वजनिक स्थानमा मोटरसाइकलमा हिँडिरहेका दुई व्यक्तिल...

कोशीको माथिल्लो सदनमा नयाँ पुस्ता: विरासत, संघर्ष र समावेशिताको तीन कथा

काठमाडाैं । राष्ट्रिय सभालाई प्रायः ‘अनुभवी’ वा ‘अवकाशप्राप्त’ नेताहरूको थलो मानिँदै आएको छ। तर कोशी प्रदेशबाट निर्वाचित भएका तीन नयाँ सदस्यले यो बुझा...

नेकपाले गर्याे ७ नेतालाई पार्टीबाट निष्कासन

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...

मधेस हुँदै कोशीको सात जिल्ला पुगेर फर्किए बालेन साह

विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending