बझाङ। जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक बिदाको दिन पनि सेवा दिँदै आएको छ । नेपाल सरकारको गत चैत १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जिल्ला प्रशासन कार्यालयले वैशाख १ गतेदेखि सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू नियमित रूपमा प्रवाह गरिरहेको हो।
जिल्ला प्रशासन कार्यालयले लाभग्राहीहरूको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदा पर्ने दिनहरूमा समेत सेवा प्रवाह गरिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताउनुभयो । प्रशासनले, छण्डी पूर्णिमा(उमा महेश्वर पूजा) गणतन्त्र दिवस, घटस्थापना, धान्य पूर्णिमा(उभौली पर्व)क्रिसमस डे, तामु ल्होसार, पृथ्वी जयन्ती, (राष्ट्रिय एकता दिवस) माघे सक्रान्ती, सोनाम ल्होल्सार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तराष्ट्रिय महिला दिवस, तथा ईद जस्ता पर्वहरूमा आउँदो चैत मसान्तसम्मै सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गरिने जनाएको छ ।
सार्वजनिक बिदाका दिन सिमित कार्यालय खुला रहने हुँदा सेवाग्राहीलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ । सेवा नियमितरूपमा प्रदान गर्न खटीने भएका छन् । सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको र यो कदमले बिदाका दिन समेत नागरिकका अत्यावश्यक काम नरोकिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १५:१०
काठमाडौँ। नेपालको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा अनुगमनका क्रममा दुई सय ८६ वटा विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रयोग गरिएको प्रतिवेद...
चैत्र ७ गते, २०८२ - १४:३६
बागलुङ। दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना ...
चैत्र ७ गते, २०८२ - १४:२७
डेइजोन। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइ...
चैत्र ७ गते, २०८२ - १४:१८
नयाँ दिल्ली। भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा)फैलिएको पुष्टि भएपछि अधिकारीहरुले बीस हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दि...
चैत्र ७ गते, २०८२ - १३:५१
काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...
चैत्र ७ गते, २०८२ - १३:५१
काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ...
चैत्र ७ गते, २०८२ - १३:४३
दोलखा। नेकपा (एमाले)का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताएको छन्...
चैत्र ७ गते, २०८२ - १३:३३
नेपालगन्ज। पश्चिमका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन...
चैत्र ७ गते, २०८२ - १३:२३
बर्दिबास। शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोक...
चैत्र ७ गते, २०८२ - १३:०४
दुबई। मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमे...


प्रतिकृया लेख्नुहोस्: