Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

रेशम चौधरी पक्राउ गर्न जारी भएको पत्र आधिकारिक होइन, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू : सर्वोच्च

रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदै

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको देखियो,’ उनले भने, ‘त्यसैले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइएको हो ।’

अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न  कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, 'यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च।नं। १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं।६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।'

नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम आधिकारिक पत्रपछि केहीबेरमा रिहा हुँदैछन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य १८ हजार ८ सयले घट्यो, चाँदीको मुल्य पनि ह्वात्तै घट्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...

हिमपातका कारण कोरला नाकामा कन्टेनर प्रवेश रोकियो

मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...

चितवन–३ मा प्रमुख दलहरूबिच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...

नारायणघाट–बुटवल सडक: पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...

पण्डितपुरमा पानीको मूलसहित स्क्वायर दरबार भेटियो

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप

काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...

अतिक्रमित हाटबजार विस्तार र व्यवस्थित हुन सकेन

रौतहट । नगरपालिकाको उदासिनताको कारण अतिक्रमणले साँघुरिएको रौतहटको पुराना ठुला बजारमध्ये चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रनिगाहपुर हाटबजार विस्तार ...

प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा १४ सय कर्मचारी खटाइने

बैतडी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सयभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई सय १४ मतदान केन्द्रका ला...

चुनावका लागि कांग्रेसले केन्द्रीय पदाधिकारी र सदस्यहरू जिल्ला–क्षेत्रमा परिचालन गर्ने

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...

प्रतिनिधिसभा सदस्य निर्वाचन: मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE