Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

सांसद साहको प्रश्नः तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ?

स्मृति प्रतिष्ठानको भवनबाट एमालेको कार्यालय तत्काल हटाउन माग

खबरडबली संवाददाता

काठमाडौं । सांसद प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानकै भवनमा नेकपा एमालेले पार्टी कार्यालय राखेकोमा आपत्ति जनाएका छन् ।

सामाजिक कार्यको लागि स्थापित प्रतिष्ठानहरूलाई नेताहरूले कमाउने भाँडो बनाएको भन्दै उनले तत्काल पार्टी कार्यालय हटाउन आग्रह गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भने, ‘सामाजिक कार्यको लागि निर्मित तुलसीलाल स्मृति प्रतिष्ठानमा सम्माननीय प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ । म सोध्न चाहन्छु, तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक ? यदि सामाजिक संस्था हो भने जुसको लाइसेन्स लिएर मदिराको व्यापार गर्न मिल्छ ?’

तुलसीलाल सबैका आदरणीय नेता भएको भन्दै उनले त्यस्तो नेताको नाममा प्रतिष्ठान खोल्ने, सरकारबाट आर्थिक सहायता लिएर भवन बनाउने र एउटा दललाई प्रयोग गर्न दिने आपत्तिजनक भएको बताए ।

‘आज प्रतिष्ठानहरू नेताको लुट्ने भाँडो बनेका छन् । सरकारी बजेट खन्याउने अनि ती संस्थाका आम्दानी निजी स्वार्थमा प्रयोग गर्ने । आज संघसंस्थाहरू लुटको अखडा बनेका छन् । पुष्पलाल र मदन भण्डारी भएको भए यसरी सामाजिक संस्था कब्जा गर्ने थिएनन्,’ उनले थपे, तुलसीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीलाई कानुन थाहा छैन भने थाहा दिनु पर्‍यो, नभए खारेज गर्नुपर्‍यो ।’

सांसद साहले जनताको रगत–पसिनाको करोडौं रकम दुरुपयोग हुँदा नियमन गर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री नै मतियार बनेको आरोप लगाउँदै न्याय माग्न कहाँ जाने ? भन्दै प्रश्न गरे । उनले तुलसीलाल स्मृति प्रतिष्ठान भाडामा दिन मिल्ने भए एमालेले दिएभन्दा बढी भाडा दिन आफ्नो पार्टी तयार रहेको भन्दै आफूलाई दिन माग गरे । 

‘हाम्रो पार्टी आम जनता पार्टीले पनि घर भाडा खोजिरहेको छ । म एमालेले भन्दा बढी भाडा दिन तयार छु, हामीलाई दिनुपर्‍यो । हैन र सामाजिक संस्था हो भने त्यसको मर्यादा भुल्न भएन,’ उनले भने ।

२०७२ को भूकम्पले एमालेको पार्टी कार्यालय भत्काएको चर्चा गर्दै लाखौं कार्यकर्ता भएको पार्टीले आफ्नै पौरखमा पार्टि कार्यालय बनाउन सुझाव दिए । ‘कहिले पासाङ ल्हामु शेर्पाको कार्यालय कब्जा गर्ने, कहिले तुलसीलाल स्मृति प्रतिष्ठानको भवन कब्जा गर्ने, कहिले व्यापारीको शरणमा पुग्ने गरिहनुभन्दा आफ्नो पार्टी आफैंले बनाउँदा कार्यकर्ताको पनि गरिमा जोगिन्थ्यो,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending