Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन

खबरडबली संवाददाता

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ।

डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा बिगतको तुलनामा प्रगती बढी भएको हो। यस आर्थिक बर्षको साउन महिना देखी गत चैत्र मसान्त सम्म सप्तरी देखी पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले कुल १ अरब,१० करोड,१८ लाख,२० हजार,९३७ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जस मध्ये सब भन्दा बढी पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्राको सक्रियतामा कुल ४६ करोड ,७ लाख,५९ हजार,७३७ रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी ८ जिल्ला मध्ये सबै भन्दा कम जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका युनिटहरुले साेही अवधिमा मात्र १ करोड,२९ लाख,६८ हजार,५४ रुपैयाँको अबैध सामान बरामद गरेको देखिन्छ।

त्यसैगरी अबैध भारतीय सामानको तस्करी गर्ने १९६ जना तस्कर पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका साथै  भन्सार छलीको सामान ओसार पोसार गर्ने ६५९ सवारी साधन बरामद गरीएको प्रतिवेदनमा उल्लेख गरिएको छ। डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ९ महिनाको अवधिमा अदालतबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३ हजार ९१४ जना लाई पक्राउ गरिएको छ।

उनीहरूबाट ८ करोड,१० लाख,४३ हजार ४ रुपैयाँ असुल र ६४५ बर्ष, १हजार,३६४ महिना र ४ हजार ५८ दिन कैद भुक्तानीको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको मधेश प्रदेश प्रहरी कार्यालय द्वारा उपलब्ध गराईएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै लागुऔषध कारोवार नियन्त्रण अभियान अन्तर्गत प्रदेशको आठै जिल्ला स्थित प्रहरीले सोही अवधिमा १२ हजार ५१२ किलो,२० हजार ९०६ ग्राम गाँजा,१८४ किलो,२४५४ ग्राम चरेस,४४ किलो,१७६६ ग्राम,९६० मिलिग्राम अफिम बरामद गरिएको छ।त्यस्तै १९ ग्राम,९९९ मिलिग्राम ब्राउन सुगर,२२२५ ग्राम,,८३१३ मिलिग्राम हिरोईन, बिभिन्न किसिमका प्रतिबन्धित नशालु ट्याबलेट ३ लाख,३१३८ पिस ,२२ हजार ४७१ एमपुल नशालु ईन्जेक्सन र ३ हजार ४२५ फाईल नशालु सिरप बरामद गरिएको छ।
उक्त लागुऔषध ओसार पसारमा संलग्न ४४१ जना तस्कर माथी मुद्दा दायर गरिएको छ।

जस मध्ये सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको सक्रियतामा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १०४ जना तस्कर माथी लागू औषध सम्बन्धी मुद्दा दायर गरिएको देखिएको छ।

डिआईजी लालमणि आचार्य २०८१ भदौ ५ गते मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। उनको गत ४ गते एआईजी पदमा बढुवाको सिफारिस भएर गत १४ गते आईतवार मधेश प्रदेश प्रहरी कार्यालयबाट रवाना भई प्रहरी प्रधान कार्यालय काठमाडौं हाजिर भएका छन्। उनको सरुवा पछी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुख हालसम्म नतोकिए पनी डिआईजी उमा चतुर्वेदी आउने प्रहरीमाझ चर्चा चलेको छ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

विदेशबाट फर्केका युवालाई कृषिमा टिकाउने गण्डकीको नयाँ योजना, ऋणको ब्याज सरकारले तिर्दै

‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी

बाजुरामा मध्यराति बस्तीमा बाढी पस्यो, १३ परिवारको उद्धार

तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध

धादिङमा मकैबारीमा अचेत भेटिएकी महिलाको मृत्यु

धादिङ    । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...

विश्वकपसँगै बढ्यो ‘अनलाइन बेटिङ’, सरकारले बन्द गर्‍यो २ लाखभन्दा बढी एप र वेबसाइट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...

जन्मदिन मनाउन आठ दिनदेखि निस्किएका १७ वर्षीय किशोरकाे खोजी जारी, अर्कोतर्फ ८० वर्षीया वृद्धा पनि सम्पर्कविहीन

बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...

जनताको दैलोमा रास्वपाको दौड, झापामा सांसदहरू गाउँमै किन सक्रिय?

झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...

४० वर्षको पर्खाइ अन्त्य : अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...

दुई जिल्लाको सिमानामा चम्किँदै सोलेडाँडा, पर्यटकको नयाँ रोजाइ

पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending