रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ।
डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा बिगतको तुलनामा प्रगती बढी भएको हो। यस आर्थिक बर्षको साउन महिना देखी गत चैत्र मसान्त सम्म सप्तरी देखी पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले कुल १ अरब,१० करोड,१८ लाख,२० हजार,९३७ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
जस मध्ये सब भन्दा बढी पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्राको सक्रियतामा कुल ४६ करोड ,७ लाख,५९ हजार,७३७ रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसैगरी ८ जिल्ला मध्ये सबै भन्दा कम जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका युनिटहरुले साेही अवधिमा मात्र १ करोड,२९ लाख,६८ हजार,५४ रुपैयाँको अबैध सामान बरामद गरेको देखिन्छ।
त्यसैगरी अबैध भारतीय सामानको तस्करी गर्ने १९६ जना तस्कर पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका साथै भन्सार छलीको सामान ओसार पोसार गर्ने ६५९ सवारी साधन बरामद गरीएको प्रतिवेदनमा उल्लेख गरिएको छ। डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ९ महिनाको अवधिमा अदालतबाट दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ३ हजार ९१४ जना लाई पक्राउ गरिएको छ।
उनीहरूबाट ८ करोड,१० लाख,४३ हजार ४ रुपैयाँ असुल र ६४५ बर्ष, १हजार,३६४ महिना र ४ हजार ५८ दिन कैद भुक्तानीको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको मधेश प्रदेश प्रहरी कार्यालय द्वारा उपलब्ध गराईएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै लागुऔषध कारोवार नियन्त्रण अभियान अन्तर्गत प्रदेशको आठै जिल्ला स्थित प्रहरीले सोही अवधिमा १२ हजार ५१२ किलो,२० हजार ९०६ ग्राम गाँजा,१८४ किलो,२४५४ ग्राम चरेस,४४ किलो,१७६६ ग्राम,९६० मिलिग्राम अफिम बरामद गरिएको छ।त्यस्तै १९ ग्राम,९९९ मिलिग्राम ब्राउन सुगर,२२२५ ग्राम,,८३१३ मिलिग्राम हिरोईन, बिभिन्न किसिमका प्रतिबन्धित नशालु ट्याबलेट ३ लाख,३१३८ पिस ,२२ हजार ४७१ एमपुल नशालु ईन्जेक्सन र ३ हजार ४२५ फाईल नशालु सिरप बरामद गरिएको छ।
उक्त लागुऔषध ओसार पसारमा संलग्न ४४१ जना तस्कर माथी मुद्दा दायर गरिएको छ।
जस मध्ये सबै भन्दा बढी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको सक्रियतामा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १०४ जना तस्कर माथी लागू औषध सम्बन्धी मुद्दा दायर गरिएको देखिएको छ।
डिआईजी लालमणि आचार्य २०८१ भदौ ५ गते मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए। उनको गत ४ गते एआईजी पदमा बढुवाको सिफारिस भएर गत १४ गते आईतवार मधेश प्रदेश प्रहरी कार्यालयबाट रवाना भई प्रहरी प्रधान कार्यालय काठमाडौं हाजिर भएका छन्। उनको सरुवा पछी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुख हालसम्म नतोकिए पनी डिआईजी उमा चतुर्वेदी आउने प्रहरीमाझ चर्चा चलेको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: