Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयमा सत्ता साझेदारीमा कुनै समस्या छैन: गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा बिटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे। 

“सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गरेको छन् । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने। गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे । 

उनले कानुनी र नीतिगत सुधारलाई पनि आफूले सँगसँगै अघि बढाइरहेको बताउनुभयो । नीतिगत र कानुनी सुधार आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्दै मन्त्री लेखकले नीतिगत सुधार नभएसम्म सुशासनको कल्पना गर्न नसकिने बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन छलफलका लागि संसदीय समितिमा पुगिसकेका जानकारी दिँदै उनले मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको बताए। 

“हज र नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषदमा पुगेको छ, कारागार सम्बन्धी नियमावली आजै मन्त्रिपरिषदमा लैजाने गरी निर्णय भएको छ”, उनले भने, “अन्य महत्त्वपूर्ण कानुन चाँडै संसदमा लगिनेछ ।” अध्यागमन प्रशासनलाई सुधार गर्न छुट्टै मापदण्ड बनाउन आफूले निर्देशन दिएको उल्लेख गर्दै पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हुँदै आएको सेवा प्रवाहमा सुधार आएको स्पष्ट पारे । 

मातहतका निकायबाट कार्यसम्पादनका क्रममा कहिलेकाहीँ कमजोरी हुन सक्ने स्वीकार्दै उहाँले त्यसबाट सिकेर अगाडि बढिने स्पष्ट पार्नुभयो । लोकतन्त्रमा आलोचना स्वीकार्य भएको जनाउँदै नेपाली कांग्रेसका नेता लेखकले कमिकमजोरी औँल्याइदिएर सहयोग गर्न सञ्चार जगतसँग आग्रह गर्नुभयो । गृहमन्त्री लेखकले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले सुरक्षा व्यवस्था कायम गर्न अपनाइएका विधिका बारेमा पनि प्रहरीले आन्तरिक छानबिन गरिरहेको स्पष्ट पार्नुभयो । 

“सो घटनाका सम्बन्धमा समग्रतामा छानबिन भइरहेको छ, प्रहरी घटनाको वास्तविकताको तहसम्म पुग्छ, निश्पक्ष, स्वतन्त्र, व्यावसायिक र गहिरोसँग छानबिन हुन्छ”, मन्त्री लेखकले भने। सो प्रदर्शनमा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत प्रदान गर्ने तयारी भइरहेको उनको भनाइ छ । मन्त्री लेखकले भारतको काश्मिर क्षेत्रमा भएको घटनामा नेपाली युवा सन्दीप न्यौपानेको मृृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिए। नेपालमै इन्जिनियरिङ अध्ययन गरिरहेका न्यौपानेको पारिवारिक भ्रमणमा रहेका बेला आक्रमणमा परेर निधन भएको बताए। 

उनले घटनाका बारेमा यथार्थ बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिए । मन्त्री लेखकले आन्दोलनरत शिक्षकका मागका सम्बन्धमा पनि विभिन्न कोणबाट छलफल भइरहेको जानकारी दिँदै तत्काल पूरा गर्न सम्भव मागलाई सम्बोधन गरेर जाने तयारी भइरहेको स्पष्ट पारे । “शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने, शिक्षकसँग वार्ता र संवादमार्फत आन्दोलनलाई सम्बोधन गर्ने पक्षमा छौँ”, उनले भने, “सरकार शिक्षकसँग छलफलमै छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

निर्वाचन कानुन नबने आगामी निर्वाचन थप जोखिममा पर्न सक्ने भण्डारीको चेतावनी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ ।  बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending