लहान। सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।
मधेशको जीवनरेखा मानिएको हुलाकी सडकमा पर्ने कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडाई भएको कमला पुल उद्घाटन नहुँदै भासिएपछि वर्षातको समयमा कमला नदी ओहोरदोहोर गर्न निकै सास्ती खेप्दै आइरहेको सिरहा धनुषाका स्थानीयहरु बताउँछन् ।
६ महिना अस्थायी बाँसको पुलमा २० रुपियाँको दरले तिरेर नदी तर्ने काम गर्छन् भने वर्षाको सयमा भासिएकै पुलमा बाँसको सिढी प्रयोग गर्दा साइकलवालाहरुले पचास तिरेर नदीको वारीपारी धनुषा र सिरहा आउजाउ गर्नुपर्ने बाध्यता छ ।
सिरहा नगरपालिकाले पन्ध्र लाख ७५ हजारमा ६ महिनाको लागि असारसम्म अस्थायी बाँस र काठको पुल निर्माण गरेर २० रुपियाँको टिकट लिएपछि दिनभरि ओहोर दोहोर गर्न सकिने ठेकेदार बसन्त मुखियाले बताउनुभयो । दिनको एक हजारसम्म मोटरसाइकल ओहोरदोहोर हुन्छ । अस्थायी बाँस र काठको पुल नहुँदा स्थानीयहरुले आफ्नो लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा सय रुपियाँ तिर्नुपर्थ्यो । सिरहा नगरपालिकाले व्यवस्थापन गरेपछि अहिले २० रुपियाँमा ओहोरदोहोर भइरहेको छ ।
एक महिनाअघि कमला नदीमा आएको बाढीले काठको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठूलो बाढी आयो भने मोटरसाइकल पार हुने पुल बगाएर लैजाने अवस्थामा छ। पुल भासिएको चार वर्ष हुनै लाग्यो भासिएको पाया निर्माणको कार्य अघि नबढ्दा कहिलेसम्म रकम तिरेर कमला नदी पार गर्न जोखिमता खेप्दै जाने हो स्थानीय बद्री नारायण यादवले पीडा पोखे। उनका अनुसार मधेशको जीवनरेखा रहेको हुलाकी सडक निर्माणले ल्याएको खुसी पुल भासिएपछि निरासामा बद्लिएको छ ।
प्रधानमन्त्री विभागीयमन्त्री मन्त्री, मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले पुल मर्मत गर्ने प्रतिवद्धता गरेपनि कहिँबाट यसको सुरसार नहुँदा सुखा मौषम र वर्षाको मौषममा स्थानीय मल्लाह समुदाय र सिरहा नगरपालिकाको सहयोगमा वैकल्पिक उपाय प्रयोग गरेर मोटरसाइकल वारीपारी गर्ने काम भइरहेको छ जुन भरपर्दो र सुरक्षित छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...



प्रतिकृया लेख्नुहोस्: