लहान। सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।
मधेशको जीवनरेखा मानिएको हुलाकी सडकमा पर्ने कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडाई भएको कमला पुल उद्घाटन नहुँदै भासिएपछि वर्षातको समयमा कमला नदी ओहोरदोहोर गर्न निकै सास्ती खेप्दै आइरहेको सिरहा धनुषाका स्थानीयहरु बताउँछन् ।
६ महिना अस्थायी बाँसको पुलमा २० रुपियाँको दरले तिरेर नदी तर्ने काम गर्छन् भने वर्षाको सयमा भासिएकै पुलमा बाँसको सिढी प्रयोग गर्दा साइकलवालाहरुले पचास तिरेर नदीको वारीपारी धनुषा र सिरहा आउजाउ गर्नुपर्ने बाध्यता छ ।
सिरहा नगरपालिकाले पन्ध्र लाख ७५ हजारमा ६ महिनाको लागि असारसम्म अस्थायी बाँस र काठको पुल निर्माण गरेर २० रुपियाँको टिकट लिएपछि दिनभरि ओहोर दोहोर गर्न सकिने ठेकेदार बसन्त मुखियाले बताउनुभयो । दिनको एक हजारसम्म मोटरसाइकल ओहोरदोहोर हुन्छ । अस्थायी बाँस र काठको पुल नहुँदा स्थानीयहरुले आफ्नो लगानीमा बनाएको पुलबाट ओहोरदोहोर गर्दा सय रुपियाँ तिर्नुपर्थ्यो । सिरहा नगरपालिकाले व्यवस्थापन गरेपछि अहिले २० रुपियाँमा ओहोरदोहोर भइरहेको छ ।
एक महिनाअघि कमला नदीमा आएको बाढीले काठको पुल हल्लिन थालेको छ । अब कुनै दिन ठूलो बाढी आयो भने मोटरसाइकल पार हुने पुल बगाएर लैजाने अवस्थामा छ। पुल भासिएको चार वर्ष हुनै लाग्यो भासिएको पाया निर्माणको कार्य अघि नबढ्दा कहिलेसम्म रकम तिरेर कमला नदी पार गर्न जोखिमता खेप्दै जाने हो स्थानीय बद्री नारायण यादवले पीडा पोखे। उनका अनुसार मधेशको जीवनरेखा रहेको हुलाकी सडक निर्माणले ल्याएको खुसी पुल भासिएपछि निरासामा बद्लिएको छ ।
प्रधानमन्त्री विभागीयमन्त्री मन्त्री, मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले पुल मर्मत गर्ने प्रतिवद्धता गरेपनि कहिँबाट यसको सुरसार नहुँदा सुखा मौषम र वर्षाको मौषममा स्थानीय मल्लाह समुदाय र सिरहा नगरपालिकाको सहयोगमा वैकल्पिक उपाय प्रयोग गरेर मोटरसाइकल वारीपारी गर्ने काम भइरहेको छ जुन भरपर्दो र सुरक्षित छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: