Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

ट्याक खुलेको १९ वर्षपछि सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र सुरु

खबरडबली संवाददाता

बागलुङ। दक्षिण बागलुङको बरेङ गाउँपालिकाको सुदला–मान्द्रेढुङ्गा सडक खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ । गुल्मीको शान्तिपुर जोड्ने गरी २०६४ जेठ १० गते ट्याक खुलेको ८ सय ३० मिटर दूरीको उक्त सडक खण्डमा १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रको काम सुरु भएको हो ।  

पालिकाको बजेटमा सडक कालोपत्र हुन लागेको हो । सिजन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ८१ लाख ८५ हजार रुपियाँमा सम्झौता गरी काम सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए। २०८१ मङ्सिर १८ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०८२ वैशाख १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

बरेङको प्रशासनिक केन्द्र रहेको वडा नं. २ हुग्दीशिरको सुदलादेखि वडा नं। ३ बाटाकाचौर जोड्ने सडक खण्डमा ६ मिटर चौडा कालोपत्र गरिने छ । पालिकाका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार, आर्थिक हिसाबले मितव्ययी र शाखा सडकमा गरिने प्रि–मिक्स कार्पेटिङ प्रविधिको कालोपत्रे गरिने छ । सडक कालोपत्रसँगै नालीदेखि टेवा पर्खाल र ढलानको काम पनि चलिरहेको पौडेलले बताए । 

लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा समेत असहज भइरहेको छ । ‘‘सडक कालोपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलो सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका नागरिकले अब सहज यात्रा गर्न पाउँछन्’’ अध्यक्ष शर्माले भने । यो खण्डले बाटाकाचौरका नयाँबजार, साग्दी र खाल्लेवासीलाई कालोपत्र सडकले सहज यात्रासँगै खाद्यन्न ढुवानीमा लाभ हुने अध्यक्ष शर्माको भनाइ छ ।

सम्झौतालगत्तै कम्पनीले मेशिन र पर्याप्त मजदुर प्रयोग गरी काममा तीव्रता दिएको छ । वर्षा नभए कालोपत्रको काम समयअगावै सकिने निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर क्षेत्रीको दाबी छ । तर सम्झौता अवधि सकिन नौ दिनमात्र बाँकी छ । कालोपत्रसँगै थुप्रै संरचनाका काम बाँकी रहेकाले जेठ १५ ९एक महिना०सम्म समय थप्ने विषयमा कार्यपालिकामा छलफल हुने इन्जिनियर पौडेलले बताए।

शान्तिपुर जोड्ने पहिलो खण्ड सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र गरेलगत्तै नयाँबजार–हुग्दीशिर खण्डमा पनि कालोपत्रको काम हुने पौडेलले जानकारी दिए। दुवै सडकखण्ड कालोपत्र हुँदा बरेङसँगै गुल्मी शान्तिपुरका नागरिकलाई यात्रासँगै खाद्यन्न र कृषि उपज ढुवानीमा सहज हुने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...

घुस लिँदै गर्दा लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...

भारतीय मुर्रा राँगाको वीर्यको माग उच्च, बाँकेको खजुरामा उत्पादन बढ्दै

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...

शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ विद्यार्थी पक्राउ

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...

व्यवसायी दीपक भट्ट र शङ्करलाल अग्रवालको उच्च अदालतमा बयान सुरु

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...

झापाको अर्जुनधारामा १८ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...

सभापति रवि लामिछाने अगस्ट दोस्रो साता चीन जाने, उच्च नेतासँग भेटवार्ता हुने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...

त्रिविको वार्षिक समारोहमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...

त्रिभुवन विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending