बागलुङ। दक्षिण बागलुङको बरेङ गाउँपालिकाको सुदला–मान्द्रेढुङ्गा सडक खण्डमा स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको छ । गुल्मीको शान्तिपुर जोड्ने गरी २०६४ जेठ १० गते ट्याक खुलेको ८ सय ३० मिटर दूरीको उक्त सडक खण्डमा १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रको काम सुरु भएको हो ।
पालिकाको बजेटमा सडक कालोपत्र हुन लागेको हो । सिजन बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ८१ लाख ८५ हजार रुपियाँमा सम्झौता गरी काम सुरु गरेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए। २०८१ मङ्सिर १८ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०८२ वैशाख १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।
बरेङको प्रशासनिक केन्द्र रहेको वडा नं. २ हुग्दीशिरको सुदलादेखि वडा नं। ३ बाटाकाचौर जोड्ने सडक खण्डमा ६ मिटर चौडा कालोपत्र गरिने छ । पालिकाका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार, आर्थिक हिसाबले मितव्ययी र शाखा सडकमा गरिने प्रि–मिक्स कार्पेटिङ प्रविधिको कालोपत्रे गरिने छ । सडक कालोपत्रसँगै नालीदेखि टेवा पर्खाल र ढलानको काम पनि चलिरहेको पौडेलले बताए ।
लामो समयदेखि सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा समेत असहज भइरहेको छ । ‘‘सडक कालोपत्र भएपछि हिउँदमा धुलो र वर्षामा हिलो सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका नागरिकले अब सहज यात्रा गर्न पाउँछन्’’ अध्यक्ष शर्माले भने । यो खण्डले बाटाकाचौरका नयाँबजार, साग्दी र खाल्लेवासीलाई कालोपत्र सडकले सहज यात्रासँगै खाद्यन्न ढुवानीमा लाभ हुने अध्यक्ष शर्माको भनाइ छ ।
सम्झौतालगत्तै कम्पनीले मेशिन र पर्याप्त मजदुर प्रयोग गरी काममा तीव्रता दिएको छ । वर्षा नभए कालोपत्रको काम समयअगावै सकिने निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर क्षेत्रीको दाबी छ । तर सम्झौता अवधि सकिन नौ दिनमात्र बाँकी छ । कालोपत्रसँगै थुप्रै संरचनाका काम बाँकी रहेकाले जेठ १५ ९एक महिना०सम्म समय थप्ने विषयमा कार्यपालिकामा छलफल हुने इन्जिनियर पौडेलले बताए।
शान्तिपुर जोड्ने पहिलो खण्ड सुदला–मान्द्रेढुङ्गा सडक कालोपत्र गरेलगत्तै नयाँबजार–हुग्दीशिर खण्डमा पनि कालोपत्रको काम हुने पौडेलले जानकारी दिए। दुवै सडकखण्ड कालोपत्र हुँदा बरेङसँगै गुल्मी शान्तिपुरका नागरिकलाई यात्रासँगै खाद्यन्न र कृषि उपज ढुवानीमा सहज हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: