Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

चौरीको रगत तताएरमात्रै पिउन चिकित्सकको सुझाव

खबरडबली संवाददाता

मुक्तिनाथ। मुस्ताङको थासाङ गाउँपालिका–२,घट्टेखोलामा वैशाख ६ गतेदेखि चौरीको आलो रगत पिउने मेलामा सर्वसाधारणको भिड लागेको छ । अगामी वैशाख १५ गतेसम्म सञ्चालन हुने मेलामा मुस्ताङ बाहेक म्याग्दी, पोखरा, बुटवल, काठमाडौँलगायत देशका विभिन्न स्थानबाट सर्वसाधारण मेलामा पुगेका छन् । दैनिक दुई सय जनाको हाराहारीले चौरीको आलो रगत पिउने गरेको आयोजक हिमालय याक नाक पालन उपसमितिले जनाएको छ ।

आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएकाको रोजाईमा परेको चौरीको आलो रगत पिउने मेलामा याकको मासु, चौरीको रगतका लागि एकसातासम्म मुस्ताङकै होटलमा बसेर समेत दैनिक पुग्नेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ ।

हरेक वर्ष ग्याष्टिक, गानोगोला, तुस, अपच, हार्डजोर्नी, नशासम्बन्धी रोग, यौन उत्तेजना बढ्नेलगायत समस्याहरु समाधान हुने जनविश्वासमा सर्वसाधारणको भिड लाग्ने गरेको अवस्थामा मेडिकल चिकित्सकले भने आलो रगतलाई तताएर मात्रै प्रयोग गर्न सुझाव दिएका छन् ।

प्रदेश अस्पताल मुस्ताङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा।तेजेस नेपालले चौरीको घाँटीमा चक्कुले रेटेर निकालेको रगतको धारा गिलासमा भरेर पिएको दृश्यको वैज्ञानिक अनुसन्धान आवश्यक रहेको बताए।

डा। नेपाल भन्छन्,‘‘रगतलाई तताएर खाँदा जिवाणुमुक्त हुन्छ, भिटामिन र पोषणका लागि पनि राम्रो मानिन्छ ।’’ आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने भएकाले तताएर, फुटेर खान उपयुक्त हुने डा। नेपालको भनाइ छ । सामान्य शारीरिक प्रक्रिया अनुसार सङ्क्रमण गराउने हानिकारक विषाक्त तत्त्वहरू रगतको शुद्धीकरण प्रक्रिय पछि मूत्र प्रणाली मार्फत् बाहिर जान्छन् ।

मानिसले ताजा रगत पिउँदा शरीरमा नै सङ्क्रमणको जोखिम हुने डा। नेपालको भनाइ छ । डा। नेपालले भन्नुभयो, ‘‘आलो रगतले बाहिरी किटाणुहरु सर्न सक्ने उत्तिकै सम्भावना हुन्छ, जनविश्वासलाई सम्मान गर्दै स्वास्थ्य क्षेत्रका सुझावलाई समेत कार्यान्वयन गर्नुपर्छ । ’’

हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिररमाभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिन्छ । नेपालमा आलो रगतबाट रोग निको हुने भन्दै बाख्राको रगत समेत पिउँदा मिर्गौलासहित अन्य जटिल समस्याहरू समेत देखिएकाले आलो रगतलाई तताएर, पकाएर वा बाफबाट किटाणु हटाउने गरी आगामी दिनमा मेलाहरू सञ्चालन गर्न समेत चिकित्सकले सुझाव दिएका छन् ।

हिमाली लेकमा पाइने शक्तिवर्धक जडिबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, वन लसुन, पाँचऔंले, जिम्बुलगायत खाने भएकाले आलो रगतबाट निको हुने भन्दै एउटै व्यक्ति १० औं पटकसम्म पिउने गर्दछन् ।

यता चौंरीगाईको आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्न सक्ने असरलाई ध्यानमा राखेर थासाङ गाउँपालिकाको पशु सेवा शाखाले चौंरीगाई र याकमा लाग्न सक्ने विभिन्न पशुजन्य रोगहरु विरुद्ध नि:शुल्क खोप लगाउने तथा औषधीहरु वितरण एवम् पशु, चौपायाको स्वास्थ्यको समेत परीक्षण गर्ने गरेको छ ।

थासाङको चरन क्षेत्रमा २५ गोठका करिब १५ सयको हाराहारीमा चौरीगाई र याकहरु रहेको थासाङ गाउँपालिकाको पशु स्वास्थ्य प्राविधिक राजन श्रेष्ठको भनाइ छ । मेलामा विभिन्न समूहबाट ल्याइएका याक तथा नाकबाट हुने आम्दानीसँगै उनीहरुको पालनपोषण र संरक्षण गर्ने गरिएको हिमालय याक नाकपालन उपसमिति संयोजक बुद्धिरत्न तुलाचनको भनाइ छ । मेलामा चौंरीका विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौंरीगाईहरु ल्याइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं। बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। पक्राउ परेका रिमाल ...

घुस लिँदै गर्दा लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा

जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको ...

भारतीय मुर्रा राँगाको वीर्यको माग उच्च, बाँकेको खजुरामा उत्पादन बढ्दै

बाँके। बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा रहेका भारतीय उन्नत जातका मुर्रा राँगाबाट उत्पादन हुने जमेको वीर्य ९सिमेन०...

शिक्षामन्त्री पोखरेलविरुद्ध प्रदर्शन गर्ने २३ विद्यार्थी पक्राउ

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ वार्षिक दिवसका अवसरमा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री तथा त्रिविका सहकुलपति सस्मित पोखरेलविरुद्ध प्...

व्यवसायी दीपक भट्ट र शङ्करलाल अग्रवालको उच्च अदालतमा बयान सुरु

काठमाडौं। बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहित अन्य प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।...

झापाको अर्जुनधारामा १८ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरिएको छ। जिल्ला भ...

सभापति रवि लामिछाने अगस्ट दोस्रो साता चीन जाने, उच्च नेतासँग भेटवार्ता हुने तयारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन्। उच्च सरकारी स्रोतका अन...

त्रिविको वार्षिक समारोहमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विद्यार्थीले प्रदर्शन गरेका छन्। त्रिविको ६७औँ वार्षिक दि...

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ । महाशाखा...

त्रिभुवन विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending