काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करारका एक अमिनलाई सवा ३ करोडभन्दा बढी बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालन गरिरहेको बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटका अमिन दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
२०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको सम्पत्ति र आय-व्ययको अनुसन्धान गर्दा उनले ३ करोड २९ लाख ४५ हजार ७०२ रूपैयाँ २१ पैसा अवैध देखिएको प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
यादवले तलबी पारिश्रमिक, भत्ता, नागरिक लगानी कोष, आवास कर्जा, कृषि आम्दानी, सवारी र अचल सम्पत्ति बिक्री, सापटी तथा बैंकको ब्याजबाट जम्मा २ करोड ४२ लाख २० हजार ३०१ रूपैयाँ ३० पैसा आम्दानी गरेका छन् ।
त्यो अवधिमा घर निर्माण, गहना, जग्गा खरिद, सवारी साधन, शैक्षिक खर्च, ऋण सापटी, सामाजिक खर्चलगायतमा ५ करोड ७१ लाख ६६ हजार ३ रूपैयाँ ५१ पैसा खर्च देखिएको छ । आम्दानीभन्दा खर्च बढी देखिएकोले गैरकानूनी बराबरको रकम बिगो मागदाबी गरिएको हो ।
अवैध रकम र त्यसले बढाएको सम्पत्ति यादवले श्रीमती अमृताकुमारी यादवको नाममा राखेको पाइएपछि श्रीमतीलाई पनि विपक्षी बनाएर सम्पत्ति जफतको मागदाबी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - ०९:१४
ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ
श्रावण ८ गते, २०८३ - ०९:१३
‘रिटर्न टु भिलेज’ कार्यक्रमका लागि २ करोड बजेट, कृषि एम्बुलेन्स र जैविक मलमा पनि करोडौँको लगानी
श्रावण ८ गते, २०८३ - ०९:११
तीन घर उच्च जोखिममा, पहिरोले दुई स्थानमा सडक अवरुद्ध
श्रावण ८ गते, २०८३ - ०९:०८
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैब...
श्रावण ८ गते, २०८३ - ०९:०५
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जन...
श्रावण ८ गते, २०८३ - ०९:०४
बागलुङ । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै घरबाट निस्किएका बागलुङका १७ वर्षीय किशोर आठ दिनदेखि बेपत्ता भएपछि परिवार चिन्तित बनेको छ। प्रहरीले उनीसँ...
श्रावण ८ गते, २०८३ - ०९:०१
झापा । गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म । झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश स...
श्रावण ८ गते, २०८३ - ०८:५९
झापा । चार दशकअघि ताप्लेजुङको लेलेपबाट बसाइँ सरेर झापा आएका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफ्नै नामको जग्गाधनी प्रमाणपत्र हात पारेका छन्। वर्षौँदेख...
श्रावण ८ गते, २०८३ - ०८:५७
पोखरा । बागलुङको तमानखोला गाउँपालिका र म्याग्दीको मालिका गाउँपालिकाको सीमामा अवस्थित सोलेडाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्द...
श्रावण ८ गते, २०८३ - ०८:५५
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनस...



प्रतिकृया लेख्नुहोस्: